२०८१ साल महिना थियो फागुनको
जुराई दिए भगवानले भेट हुनको ।।
नौमुलबाट यात्रा गरि कोटिलामा झर्यौं
स्नान गरि शुद्ध भै पृती पिण्ड दान गर्यौं।
फेरि घुम्यौं उहीँ बाटो लाग्यौँ डुङ्गेश्वरको ओराली
कर्णाली छाल हेर्ने रहरले लागेनौँ हामी उकाली
कलकल बग्ने कति राम्रो कर्णालीको छाल
जुराउनु भेट जुरायौ यहि एकासी साल।।
त्यहाँ पनि पिण्ड दान भयो हेर्नै थियो ज्वाला
अझ घुम्नुपर्ने झुम्नुपर्ने छुटिगयो लामा दुवाला ।।
जेरि घुमे झैं घुम्यौं साँझपख पादुका र धुलेश्वर
घुम्न बाकी त्यसै थिए नाभिस्थान र कोटेश्वर ।।
कति घुमौं रातिराती घडिमा समय नौ भयो
भोको पेट गाडिको चक्कर अब त धौ भयो ।।
बास खोज्दै पुग्यौ भैरवीमा भेटियो बासपनी
सुत्न पाए पुग्थ्यो हामीलाई थिएन अरुको आसपनी
भगवाननै भेटिनु भो घरभेटी तन भाको मन भाको
बत्तिस गुणले युक्त आमा हाउभाउ झन भाको।।
बिर्सिनै नसकिने यादगार भयो दिन अनमोल भयो
सबको ज्यान तताउने अमृतसरी गुन्द्रुकको झोल भयो
देउडा गाउँदै भजन गाउँदै कटेछ रातपनी
थकित थिए खाना खाई सुतेछु म पनि।।
बाह्र घन्टा यात्रा पछि फेरि यात्रा हुने भो सुरु
उज्यालो भएछ कराउन थाले गाडिका गुरु।।
फेरि लाग्यौं उहि यात्रामा बिहान समय छ थियो
कोहि भन्दैथिए सुत्न नदिने बल्ल उज्यालो भ थियो।।
गयौं फेरि स्नान गर्न अनकन्टार भिर भैरवीका मुल
यस्ता दिन आउछन् आउदैनन् आएका दिन नभुल।।
परापुर्व कालमा पानी होइन दूध पो आउने
यस्तै यस्तै कुरा त्यहाँका बुढापाका बताउने ।।
दर्शन गर्यौं भैरवीको फर्कियौं फेरिनी
पारी हेर्दा चामुण्डा नजिकै देखिनी ।।
घुम्दै आयौं नाभिस्थान हेरियो ज्वाला पानीमा बलेका
वरिपरि मन्दिर छ समिको बोटमाथी गणेश बसेका।।
दर्शन गरौं ज्वालाको फेरि यात्रा भयो श्रीस्थानको
निन्द्रा भोक त्यसै हट्यो याद आएन खानको।।
श्रीस्थान आयौं फेरि बस्यौं सब खोलामा
बस्दै थियौ लास ल्याए बाँसको डोलामा।।
पिण्ड बगाई टाढैबाट दर्शन गरि फर्कियौ कोटिला
यादहरु बन्दै थिए दमदार र चोटिला।।
फेरि आयौं मन्दिरमा लगाई पुजा गरियो आरती
भगवान रैछन तन मन सबका सारथि।।
गायौं भजन ॐ नम शिवाय ,ॐ नम शिवाय
ॐ नम:भगवत्ते वाशुदेवाय ॐ नम:भगवत्ते वाशुदेवाय
तिर्थयात्रा गर्यौं हामीले सत्य हृदय भरिको
नाम जप्यौं भगवान शिव शंकर राम र हरिको।।
दैलेख मेरो पुण्यभूमि, स्वर्ग यहीँ देखेँ
तीर्थ यात्रा गर्दै जाँदा, शान्तिको स्वर लेखेँ।।