सर्लाही (मलंगवा) । सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको सहारा मल्टिपर्पस को– आँपरेटिभ सोसाईटी लिमिटेडको शनिबार २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत अर्थिक वर्ष २०८१/८२ को अवधिमा १ अर्व, १४ करोड, ७६ लाख, ३३ हजार ८ सय १७ रुपैयाको कुल कारोबार विवरण प्रस्तुत गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा १ अर्व, ७१ लाख, ७७ हजार ६ सय २९ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ हजार १ सय १२ जना शेयर सदस्य मार्फत ५ करोड, ७२ लाख, ८ हजार ९ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले ७३ करोड ७३ लाख, २९ हजार, २ सय ३९ रुपैया कर्जा लगानि गरेको संस्थाका मुख्यप्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिए ।
संस्थाले आगमी अर्थिक वर्ष २०८३/८४ मा ८ अर्व, ११ करोड, ३८ लाख ५० हजार रुपैयाँको कारोबार पुर्याएर ४ करोड, ५ लाख, ७५ हजार नाफा आर्जन गर्ने लक्ष्य लिएको अध्यक्ष मिकरानीद्धारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्ल्ेख गरिएको छ ।
संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वसी अहमद मिकरानीले सवैको सहकार्यमा सहकारी हुने भएकाले आफुले लगेको ऋण समयमै बुझाउन र हातेमालो गरेर संस्थालाई अगाडि बढाउन आग्रह गरे । सहसंस्थाले जगेडा तथा अन्य कोष तर्फ ५४ लाख, ८६ हजार रुपैयाँ विनियोजन गरेकोे प्रतिवेदनमा उल्ल्ेख छ ।
कार्यक्रममा पुर्व डिभिजन सहकारी अधिकृत सुरेन्द्रलाल कर्णले आर्थिक मन्दीमा संस्थाको ऋण बुझाउन नसकेर कठिनमा परेका विपन्न ऋणीहरुलाई निश्चित अवधिकालागि स्किम प्याकेज ल्याएर संस्थाले ऋण उठाउनु पर्ने र ऋणी सदस्यहरुले पनि ईमान्दारीका साथ संस्थामा कारोबार गर्नुपने समेत सुझाव दिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट ऋणी, बचतकर्ता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । साथै संस्थाले सर्लाहीको मलंगवामा प्रधान कार्यालय भवन बनाउनको लागि आवश्यक गृहकार्यको थालनि गरिसकेको र निकट भविष्यमै निमार्ण कार्य थालनी गरिने उल्लेख गरिएको छ ।
संस्थाको प्रधान कार्यालय सर्लाहीको मलंगवामा रहेको सहारा मल्टिपर्पसको सेवाकेन्द्रहरु क्रमस हरिवन सर्लाही, बरहथवा सर्लाही, गोडैता सर्लाही, पर्सा सर्लाही, तथा कटहिया रौतहट, सिमरा बारा, कोल्वी बारा, निजगढ बारा, हेटौडा मकवानपुर, गौसला महोत्तरी र चितवनको नारायणगढ गरी १२ स्थानबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।