सर्लाही (मलंगवा) । सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाईटी लिमिटेडको शुक्रबार २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत अर्थिक वर्ष २०८१–०८२ को अवधिमा ७ अर्व, ४० करोड, ५३ लाख, ५७ हजार ६ सय २० रुपैयाको कुल कारोबार विवरण प्रस्तुत गरेको छ । जुन गतवर्षभन्दा १ अर्व, ४९ करोड, ८१ लाख, ४८ हजार बढी रहेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा ५ अर्व, ५० करोड, ५३ लाख, २६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३३ हजार ५४ जना शेयर सदस्य मार्फत ४४ करोड, ५७ लाख, ४१ हजार रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले ५ अर्व, १८ करोड ८४ लाख, २८ रुपैया कर्जा लगानि गरेर १८ करोड, २९ लाख, ६० रुपैयाँ खुद मुनाफा गरेको संस्थाका माहाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
संस्थाले जगेडा तथा अन्य कोष तर्फ ८१ करोड, ६८ लाख, ३६ हजार रुपैयाँ विनियोजन गरि संस्थाको वित्तिय अवस्था बलियो बनाएको छ । संस्थाले यसवर्ष शेयर लाभांस कोषबाट कुल ११.२४ प्रतिशत बोनस सदस्यलाई वितरण गरिएको माहाप्रबन्धक चौधरीले जानकारी दिए ।
संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षता भएको कार्यक्रममा विभिन्न बक्ताहरुले जिल्लाकै जेठो सहकारीले हरेक उद्यमकर्मीको सारथी भएर अगाडि बढिरहेकोमा धन्यबाद ज्ञापन गर्दै त्यो क्षेत्रको अझ विस्तार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । आर्थिक मन्दीमा ऋण बुझाउन नसकेका विपन्न ऋणीहरुलाई निश्चित अवधिकालागि स्किम प्याकेज ल्याएर संस्थाले ऋण उठाउनु पर्ने समेत सुझाव दिए ।
मधेस प्रदेसका विनाविभागिय मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा संस्थाका उत्कृष्ठ शाखा तथा सेवाकेन्द्र, उत्कृष्ठ ऋणी, बचतकर्ता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
संस्थाको प्रधान र मुख्यशाखा मलंगवा, सेवाकेन्द्र ईटहरी र धरान तथा विरगंजमा निर्माणाधिन भवन रहेको छ भने लहानमा भवन निर्माणको लागि र बारामा जग्गासहितको भजन खरिदकालागि प्रकृयामा रहेकोको संस्थाका कार्यकारी अध्यक्षले साधारण सभामा प्रस्तुत गरेका थिए ।
संस्थाले आर्थिक बर्ष २०८३–८४ मा ७ अर्व, ९२ करोड, ७९ लाख ३० हजार रुपैयाँकोे कारोवार गरेर ३६ करोड, ७१ लाख, ४६ हजार खुद मुनाफाको प्रस्तावित योजना सार्वजनिक गरेको छ ।
संस्थाको प्रधान कार्यालय सर्लाहीको मलंगवा सहित मुलुकभर ३० स्थानमो मुख्यशाखा र सम्पर्क कार्यालय संचालन गरेको द सहाराले थप ६ स्थानबाट सेवा दिने प्रस्ताव अगाडि सारेको माहाप्रबन्धक चौधरीले जानकारी दिए ।