काठमाडौँ । नेपाली संगीत बजारमा अर्को प्रेम भावनात्मक गीत सार्वजनिक भएको छ। चर्चित गायिका रचना रिमाल र ‘मेरो भ्वाइस युनिभर्स’का प्रतिभाशाली प्रतिस्पर्धी गायक(संगीतकार समिर महतोको स्वरमा सजिएको ‘बदिलियो तिम्रो रूप रंग’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक समिर महते युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतले प्रेम, विश्वास र परिवर्तनको गहिरो कथालाई उजागर गरिएको छ । गाएक तथा संगीतकार समिर महतेकै शब्द र संगीतमा तयार पारिएको यो गीतले प्रेम जिवन र व्यक्तिगत सम्बन्धका विभिन्न पाटोलाई समेटेको छ। समिर महते बहुप्रतिभाशाली कलाकार हुन् जसले दर्जनौ गीत लेखन, संगीत संयोजनदेखि गायनसम्म एकल जिम्मेवारी बहन गरेका छन्।
गीतको म्युजिक भिडियो अत्यन्तै मर्मस्पर्शी कथावस्तुमा आधारित छ। भिडियोलाई जीवनका यथार्थ घटनाहरू सजीव रूपमा उतार्ने प्रयास गरिएको छ। भिडियोमा चर्चित कलाकार शिशिर भण्डारी र नव प्रवेशी सिता चन्द ठकुरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ। शिशिर भण्डारीले अघिल्ला धेरै म्युजिक भिडियो र युट्युब टिभि प्रोजेक्टमार्फत दर्शकमाझ राम्रो छवि बनाइसकेका छन् भने सिता चन्द ठकुरीको यो अभिनय यात्रा प्रारम्भिक भए पनि प्रभावशाली देखिएको छ ।
गीतको छायांकन चर्चित छायाँकार इशक लिम्बुले गरेका हुन्। उनले भावनाको उतारचढावलाई दृश्यमा सशक्त रूपमा उतार्न सफल भएका छन् । गीतमा प्रयोग भएका लोकेसन, सिनेमाटोग्राफी र निर्देशन पक्ष पनि प्रशंसायोग्य छ ।
‘बदिलियो तिम्रो रूप रंग’ सार्वजनिक (भिडियो)
‘बदिलियो तिम्रो रूप रंग’ गीतलाई दर्शक र स्रोताले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया दिएका छन्। गीत सार्वजनिक भएको केही घण्टामै हजारौं दर्शकले युट्युबमा हेरेर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यस गीतले नेपाली संगीत बजारमा नयाँ स्वाद र भावनात्मक गहिराइ थप्ने विश्वास लिइएको छ।
गायक तथा संगीतकार समिर महतेले गीतका माध्यमबाट आफ्नो जीवनका केही अनुभूतिहरू प्रस्तुत गरेको बताएका छन
गायिका रचना रिमालको स्वरले यो गीतलाई अझ भावपूर्ण बनाएको छ। रचनाले यसअघि पनि थुप्रै सफल गीतमा स्वर दिइसकेकी छन् र उनले यो गीतलाई पनि आत्मीयताका साथ गाएकी छिन्।
समग्रमा ‘बदिलियो तिम्रो रूप रंग’ एक सशक्त सिर्जना हो, जसले नेपाली गीतसंगीतमा साहित्यिकता, भाव, प्रस्तुति र अभिनय सबै पक्षलाई सन्तुलित ढंगले प्रस्तुत गरेको छ। यो गीत अवश्य पनि लामो समयसम्म संगीतप्रेमीको मनमा बस्ने विश्वास लिन सकिन्छ।