सर्लाही (हरिवन) । सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्येश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई ९ प्रतिशत बोनस प्रदान गरेको छ । संस्थाले २०औं वार्षिक साधारण सभा तथा २६औं स्थापना दिवसको अवशरमा सो घोषणा गरेको हो ।
संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन गर्दै हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले संस्थाले विपन्न नागरिकको आर्थिक अवस्था उकास्न मद्यत गरेको र यस्लाई बिस्तार गर्दै लैजानुपर्ने उल्लेख गर्दै सहकारीले सामाजिक शुरक्षाका कार्यमा नगरपालिका संग समन्वय गरेर अगाडि बढ्दा समुदायमा थप प्रभावकारी हुने बताए् ।
संस्थाले बहुउद्येश्यीय कार्य अन्तर्गत बचत तथा ऋणको अलवा सुलभ र गुणस्तरिय रुपमा विद्यालय संचालन, सुलभ मुल्यमा डिपो मार्फत एलपी ग्याँस तथा रसायिनिक मलखाद विक्रि वितरण गर्दै आएको छ । सर्लाही जिल्लाभरि कार्यक्षेत्र रहेको संस्थाले हरिवन नगरपालिका वडा नंं. १ भोक्टिनीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेर गुणस्तरिय शिक्षा प्रदान गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । एक विगाह ५ धुर जग्गा खरिद गरेर सुविधा सम्पन्न २० कोठे (नवनिमार्ण सहित) पक्की भवनबाट कक्षा ७ सम्मको अध्यापन गरिएको संस्थाका उपाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका संयोजक कृष्णओम पोतेले जानकारी दिए । संस्थाले विद्यालय संचालन गरेको भोक्टिनी क्षेत्र हरिवनको पिछिडिएको दुर्गम क्षेत्र हो र त्यहाँ विपन्न नागरिकको संख्या बढी रहेको बताईएको छ ।
संस्थाले गत अर्थिक वर्ष २०८१–८२ को अवधिमा ५५ करोड, ३ लाख, ८८ हजार ८ सय ६७ रुपैयाको कुल कारोबार विवरण प्रस्तुत गरेको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा ३६ करोड, ८२ लाख, ४३ हजार ९ सय १४ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ हजार ७ सय ४८ शेयर सदस्य मार्फत ५ करोड, ९४ लाख, ३४ हजार ५ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले ३८ करोड ७ लाख, ७८ हजार, १ सय ३५ रुपैया कर्जा लगानी गरेर ८२ लाख, ३ हजार, ७ सय ८४ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका निमित्त प्रबन्धक सविनहरि अधिकारीले जानकारी दिए ।
दैनिक बचत, मासिक, साधारण, मनोकामना स्पेशल, सुपर सेभिङ्, रेमिट्यान्स, गृहेणी, लोन डिपोजिट, बाल र मुद्धती बचत गरि १० प्रकारका निक्षेप तथा लघुवित्त ब्यापार, ब्यापार, कृषि, शिक्षा, हायर पर्चेज, स्वरोजगार, आवधिक, घर निर्माण, बैदेशिक रोजगार, मुद्धती धितो र निक्षेप ऋण खाताबाट संस्थाले कारोबार गरिरहेको उल्लेख गरिएको छ । संस्थाले जगेडा तथा अन्य कोष तर्फ ६ करोड, ३० लाख, १४ हजार, ७ सय ९७ रुपैयाँ विनियोजन गरि संस्थाको वित्तिय अवस्था बलियो बनाएको छ ।
कार्यक्रममा संस्थाका उत्कृष्ट बाल बचतकर्ता, कर्मचारी, असल ऋणी, नियमित बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो ।