काठमाडौँ । अस्ट्रेलियाको राजधानी क्यानबेरामा २१२औँ भानुजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जुलाई ११ तारिखमा साहित्यिक साँझ सम्पन्न गरिएको हो ।
कार्यक्रममा भानुभक्त रामायणका श्लोकहरू, समसामयिक कविता, प्रवासी अनुभूति र सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । करिब २० साहित्यप्रेमीले आ–आफ्ना साहित्यिक सिर्जना सुनाएका थिए ।
कार्यक्रममा अस्ट्रेलियाका निम्ति नेपालका राजदूत चित्रलेखा यादवको समेत उपस्थिति थियो । जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी र राहुल अर्यालले पनि साहित्यिक रचना प्रस्तुत गरेका थिए ।
मनश्वी चापागाईंले आफ्ना हजुरबुवा एवं कवि स्व.भवानी घिमिरेको कवितावाचन गरेकी थिइन् ।
त्यस अवसरमा अनेसास क्यानबेरा च्याप्टरका संस्थापक अध्यक्ष सकुन्तला देवकोटाले महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको जानकारी गराइन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा काशी भुसाल, महासचिवमा गोमा उप्रेती, सचिवमा आस्मा बुढाथोकी, कोषाध्यक्षमा कमला गिरी छन् । सदस्यमा मनोज रेग्मी, शान्ति ढकाल, तुल्सा पाण्डे, विक्रम शर्मा, प्रकाश सापकोटा र सविना भट्टलाई चयन गरिएको छ ।
नेपाली साहित्य समाज ९अनेसास० क्यानबेरा च्याप्टरको आयोजना र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सहआयोजनामा साहित्यिक साँझ सम्पन्न गरिएको हो ।