काठमाडौँ । हामी सबैलाई हाच्छ्युँ बेलाबेलामा आई नै रहन्छ । तर कुनै समयमा मानिसहरु बिभिन्न कारणले गर्दा हाच्छ्युँलाई रोक्न बाध्य हुन्छन् ।
हाच्छ्युँ रोक्ने हाम्रो बानी स्वास्थ्यका लागि हानिकारक मान्ने गरिएको छ । हाच्छ्युँ रोक्नु मानिसको लागि कहिले काँहि प्राणघातक हुन सक्दछ ।
हाच्छ्युँ ई रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।
हाच्छ्युँलाई रोक्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छ्युँ ई रोक्न नहुने बताउछन् ।
हाच्छ्युँका रोचक कुरा
१. हाच्छ्युँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्दछ।
२. हाच्छ्युँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्दछ।
३. हाच्छ्युँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्दछ ।
४. धुवाँ, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छ्युँ कारण बन्न सक्दछ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।
५. हाच्छ्युँ गर्दा शरीरको सिस्टम रि स्टार्ट हुन्छ र शरीरमा स्फूर्ति ल्याउँछ।
६.हाच्छ्युँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्दछ ।
७. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ । – एजेन्सीको सहयोगमा