काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित एन्फा महिला लिग क्वालिफायरको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स खेल मैदानमा बिहीबार खेलिएको पहिलो खेलमा छहारीले एफसी रियललाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । प्रतियोगितामा न्युरोड टिम, स्टुडेन्ट फुटबल क्लब, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, राप्ती फुटबल क्लब र एनबीएम पोखरा एफसी सहभागी छन् ।
यसैगरी, नेपाल खेलकुद क्लब, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी रियल, चर्च ब्वाइज युनाइटेड, छहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र संकटा क्लब पनि सहभागी छन् ।
यो प्रतियोगिताबाट पाँच टोली महिला लिगका लागि छनोट हुने एन्फाले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
दुवै समूहको विजेता र उपविजेता स्वतस् महिला लिगमा छनोट हुनेछन् । समूहका तेस्रो स्थानमा रहने टोलीबीच नकआउट प्रतिस्पर्धा हुनेछ भने विजेता टोली महिला लिगमा छनोट हुनेछ ।