काठमाडौँ । औषधीय गुणले भरिपूर्ण मानिने एलोभेरा ९घ्यु कुमारी० हजारौं वर्षदेखि आयुर्वेद, घरेलु उपचार र सौन्दर्य प्रसाधनको रूपमा प्रयोग हुँदै आएको छ। जैविक चमत्कारु को रूपमा चिनिने एलोभेराले शरीरभित्र र बाहिर दुवै तवरबाट स्वास्थ्यमा फाइदा पुर्याउने वैज्ञानिक तथा आयुर्वेदिक दावीहरू छन्।
एलोभेराको पातभित्र पाइने जेलमा भिटामिन, मिनरल, एन्टिअक्सिडेन्ट, एन्जाइम र अमिनो एसिड जस्ता औषधीय तत्व भरपूर मात्रामा पाइन्छन्।
छालादेखि मधुमेहसम्मस् एलोभेराका ७ प्रमुख फाइदाहरू
१. छालासम्बन्धी समस्याको प्राकृतिक समाधान
एलोभेराको जेलले छालामा चिसोपन पुर्याएर रबकजभक, एलर्जी, डण्डीफोर, सूर्यको पोलबाट जलेको छाला जस्ता समस्यामा राहत दिन्छ। नियमित प्रयोगले छालालाई स्वस्थ र चम्किलो बनाउने दाबी गरिन्छ।
२. पाचन सुधारमा सहयोगी
एलोभेराको रसले कब्जियत हटाउने, ग्यास र अपचको समस्या कम गर्ने, पेट सफा राख्ने लगायत पाचन प्रणालीलाई सन्तुलित राख्ने काम गर्छ।
३. रोगसँग लड्ने क्षमता बढाउँछ
यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई विषाक्त पदार्थबाट बचाउँछ भने एन्टी–इन्फ्लेमेटोरी गुणले भाइरल संक्रमण, ज्वरो र रुघाखोकीमा उपयोगी ठहरिएको छ।
४. कपाल झर्ने समस्या घटाउने
एलोभेरा जेलले टाउकोमा नमी दिई कपाल झर्नु, ड्यान्ड्रफ र टाउको चिलाउने समस्या हटाउने बताइन्छ।
५. मधुमेह नियन्त्रणमा उपयोगी
नियमित रूपमा एलोभेरा रस सेवन गर्दा रगतमा चिनीको मात्रा नियन्त्रणमा रहने र मधुमेह नियन्त्रणमा सहयोग पुग्ने आयुर्वेदिक दावी छ।
६. घाउ–चोट र जलनमा तत्काल राहत
जलेको वा काटिएको छालामा एलोभेरा जेल लगाउँदा चिसोपन र संक्रमणबाट सुरक्षा मिल्ने जनाइएको छ।
७. आयुर्वेदिक औषधीमा प्रयोग
एलोभेरालाई पेट दुखाइ, रगतको कमी, मुटुरोग जस्ता समस्यामा प्रयोग गरिन्छ।