अन्तराष्ट्रिय विकासका लागि अमेरिकी संस्था (युयसएड) का नेपाल कार्यालय निर्देशक जेसन सुक भर्खरै लुम्बिनी प्रदेशका बाँके, बर्दिया लगायत विभिन्न जिल्ला पुगी किसानहरुलाई भेटेर आएका छन् । खास गरी कोरोना महाव्याधीमा पीडित किसानका लागि आफ्नो संस्थाले गरेको सहयोगको अनुगमन गरेर काठमाडौं फकिैएका जेसन दुई महिना अघि मात्रै नेपाल आएका थिए । यी अमेरिकी विकासविदले नेपालको ग्रामीण क्षेत्रमा बटुलेको अनुभवको सेरोफोरोमा गरिएको संवादको सम्पादित अंशः
भर्खरै यहाँले बर्दिया, बाँके र कपिलवस्तुका किसानहरुलाई भेटेर आउनु भएको छ । कस्तो लाग्यो ?
मलाई यतिका मानिसमाथि हामीले गरेको काम र लगानी देख्दा खुसी लागेको छ । खास गरी कोभिड प्रभावितलाई गरेको सहयोगले महत्वपूर्ण उपलब्धी हासिल गरेकोमा सन्तोष लागेको छ । अमेरिका भोकविरुद्धको अभियानमा छ । महामारीका बाबजुद हामीले गरेका कामले सार्थकता पाएको रहेछ । निकै खुसी लागेको छ ।
एल साल्भाडोर, इन्डोनेसिया र बंगलादेशमा पनि यहाँले काम गर्नु भएको छ । ती देशको अवस्थाभन्दा नेपालको अवस्था ज्यादै फरक त छैन । त्यहाँ काम गर्दाको अनुभवले कसरी मद्दत गर्ला यहाँलाई ?
सुन्दा अति सामान्किरण गरेजस्तो लाग्ला, तर भन्ने नै हो भने हरेक देशको विशिष्ट राजनीतिक, साँस्कृतिक र भौगोलिक परिस्थिति हुन्छ । सबको आआफ्ना चुनौति पनि हुने नै भए । हाम्रो कर्तव्य चाहिँ के हो भने उनीहरुलाई आफ्नो चुनौती सामना गर्न सक्ने गरी मद्दत गर्नु हो । अनि विकासमा सघाउनु पनि हो । हामी नेपालमा पनि त्यही गरिरहेका छौं । यहाँ हामी कृषि उत्पादनमा जोड दिइरहेका छौं, त्यसको बजारीकरण कसरी गर्न सकिन्छ भनेर काम गर्दै छौं । निजी र स्थानीय सरकारसँगको साझेदारीमा काम गर्दै छौं । यस्तो सहकार्यले ज्यादै राम्रो परिणाम पनि दिइरहेको छ । यसको दीगो निरन्तरताको बारेमा पनि हामी योजनाहरु बनाइहरेका छौं ।
यो सब गर्न केले उत्साहित बनाएको छ अमेरिकालाई ?
हामी सब एउटै जहाजका यात्रु जस्तै हौं । पृथ्वीमा एउटा कुनाको दुःखले अर्काे कुनाको समृद्धीलाई घटाउँछ । सबै सुखी भए मात्रै मानिसहरु सुखी हुन सक्छन् । यही ठानेर नै अमेरिका नेपालको मद्दत गरिरहेको छ । कृषिमा आत्मनिर्भर समृद्ध र उत्थानशील नेपाल भएको हमी हेर्न चाहन्छौं । कुनै दिन अमेरिकी सहयोग नचाहिने अवस्था आयो भने हामीलाई सबभन्दा खुसी त्यसैले दिनेछ । हामी त्यही दिन ल्याउनका लागि काम गरिरहेका छौं ।
नेपालमा सञ्चालित विकास परियोजनाको प्रगतीलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
हामी हालसम्मको कामको ग्राफ हेर्दा गर्व गर्ने अवस्थामा छौं । कोरोना महामारिका बेलामा पनि केही राम्रा कामहरु भए । स्थानीय, प्रदेश र संघीय सरकारले राम्रो साझेदारी देखाए जसले गर्दा हामीले बन्दाबन्दीका बेलामा पनि किसानलाई मल र उन्नत जातका विउहरुको अभाव हुनबाट जोगाउन सक्यौं । सबै क्षेत्रको साझेदारीकै कारण बंैंकहरु बन्द भएका बखत डिजिटल भाउचर मार्फत किसाने मल, विउ र कृषी औजारजस्ता आवश्यक सामग्री नजिकैको पसलबाट किन्न सके । जेटिए र अरु प्राविधिकहरु घरघरै पुग्न नपाए पनि किसानलाई हामीले एसएमएस र इन्टरनेटमा भिडियो पठाएर आवश्यक राय सल्लाह दिन सक्यौ । यो त निकै सराहनीय काम हो । संकटको सामना गर्न अपनाइएका नयाँ तरिका र कौशलका कारण अहिले किसानहरु बढी उत्थानशील र जुझारु भएका छन् । मलाई लाग्छ, आउने दिनमा यसले गरिबी निवारणमा ठूला भूमिका निर्वाह गर्नेछ ।
यहाँले भनेजस्तो लुम्बिनी प्रदेशमा भएका यी कृषि उपलब्धी र सफलताका उपाय अन्य प्रदेशमा पनि कम लाग्छ भन्ने ठान्नु हुन्छ ?
पक्कै पनि । कहिँकहिँ त सफल ढाँचालाई अन्य प्रदेश सरकारले पनि लागू गर्ने प्रयास गर्न थालेका पनि छन् । जस्तो कि, बर्दियाका किसानले कोभिड महामारिका बेलामा मसिनो धान लगाएर प्रशस्त्र आम्दानी गरे । उनीहरुको धान स्थानीय मिल सञ्चालकले अग्रिम भुक्तानीसमेत दिएर किन्छु भनी गरेको वाचालाई पुरा पालना पनि गरे । निजी क्षेत्र र किसानका बीच सहकार्य गराएर उत्पादन बढाउने हाम्रो यो रणनीति अन्यत्रका प्रादेशिक सरकारले पनि मन पराएका छन् । यसो भयो भने छिट्नै नै धानमा नेपाल आत्मनिर्भर हुनेछ । यो भनेको व्यापार घाटा कम गर्ने राम्रो उपाय हो भने देशको गरिबी खत्तम पार्ने राम्रो र भरपर्दाे विधि पनि हो । त्यसै गरी, विउ उत्पादक कम्पनीहरुले पनि प्रशंसा योग्य काम गरेका छन् । उनीहरुले उन्नत जातको मकै र धानको विउ किसानलाई उपलब्ध गराएर उत्पादन बढाउन ठूलो मद्दत पु¥याए । यो काम अन्यत्र पनि सुरु हुनु पर्छ भन्ने म ठान्छु ।
नेपालको गरिबी घटाउन कृषी क्षेत्रमार्फत गर्नु पर्ने मुख्य कामको पहिचान गर्नु प¥यो भने ती के के होलान् ?
यो साता मैले थुप्रै कृषि पसलेहरुलाई भेटेँ जसले उन्नत विउ बेचिरहेका छन्, धेरै किसानहरुलाई भेटेँ जसले पहिलेभन्दा तीन गुणा बढी उत्पादन गरेर मनग्य आम्दनी गरिरहेका छन् अनि थुप्रै व्यापारीहरुलाई भेटे जसले नेपालकै कृषि उत्पादनबाट बजार विस्तार गर्न पाएकामा खुसी मानिसहरेका छन् । यी सब कुरालाई एकै ठाउँमा राखेर हेर्ने हो भने कृषि क्षेत्रमा एउटा रुपान्तरण सुरु भएको छ । कृषी उत्पादन बढाउनु, किसानहरुलाई अध्याधुनिक तर दीगो प्रविधियुक्त पार्नु अनि निजी क्षेत्रको साझेदारी मार्फत तिनका उत्पादनलाई बजारसम्म सहज पहुँच बनाउनु कृषीको कायापलट गर्नका लागि आवश्यक कदम हुन् ।
नेपालको कुन कुन क्षेत्रमा अमेरिकी सहकार्य चलिरहेको छ ?
नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । यो भनेको एउटा सिंगै युग हो । यी पुरै ७० वर्षमा नेपालको हितका लागि अमेरिकाले दत्तचित्तले सघाएको छ । नेपालको पहिलो अन्तराष्ट्रिय दाता राष्ट्र अमेरिकाले भोकमरी विरुद्ध चलाएको विश्वव्यापी अभियान अन्तर्गत १२ देश समेटिएका छन् । यसमा नेपाल पनि पर्छ । अन्तराष्ट्रिय विकासका लागि अमेरिकी संस्था (युएसआइडी) नेपालमको दीगो विकासका लागि कार्यरत छ । यस अन्र्गत थुप्रै परियोजनाहरु सञ्चालन हुँदै आइरहेका छन् । वर्तमान आवश्यकता अनुसार थुप्रै नयाँ परियोजना पनि आउनेवाला छन् ।
हालसम्मको मूल्याङ्कनका आधारमा यी सहयोगको नजिता कस्तो देख्नु हुन्छ ?
खास गरी सम्भावना भएका कृषी तथा अन्य क्षेत्रको उत्थान गरी नेपालको अर्थतन्त्र मजबुत बनाउनु हाम्रो लक्ष्य हो । यसमा पनि खाद्य सुरक्षाको ज्यादै आवश्यकतामा परेका पश्चिम र सुदरपश्चिमका जिल्लाहरुमा हामी कृषी उत्पादनशीलता बढाउने काममा लागिरहेका छौं । यस दौरान केही महत्वपूर्ण उपलब्कीहरु हात लागेका छन् । जस्तो कि, हाम्रा परियोजना सञ्चालित यस क्षेत्रका २५ जिल्लाहरुमा सन् २००९ सम्ममा ३३ प्रतिशत निरपेक्ष गरिबी थियो । अहिले त्यो घटेर ९ प्रतिशतमा झरेको छ । सन् २०११ को तथ्याङ्क अनुसार यस क्षेत्रमा पाँच वर्षमुनिका ४५ प्रतिशत बालबालिकाहरु कुपोषणको सिकार थिए । अहिले त्यो संख्या घटेर २८ प्रतिशतमा आइपुगेको छ । त्यस्तै, भोकमरीको संख्या ११ प्रतिशतबाट १ प्रतिशतमा खुम्चिन पुगेको छ । यी सब कुराको जस हामीले लिन खोजेको होइन, यहाँ यसो हुनुमा अरु थुप्रै कुराको पनि भूमिका छ । तर, हामीले पनि यस प्रयासमा उल्लेख्य योगदान गर्न पाएका छौं ।
अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई विकासको कुनै सफल सुत्र सुझाउनु परे त्यो के होला ?
हुन त सबै देशका आआफ्ना प्राथमिकता हुन्छन् । नेपालका पनि होला । तर पनि म नेपाल सरकारलाई चाहिँ म के भन्न चाहन्छु भने, पहिला यो कोरोना महाव्याधीको प्रभावबाट बाहिर निक्लनु पर्छ । त्यसपछि, भविष्यमा आइपर्ने संकटका लागि जुध्ने सामथ्र्यको विकास गर्नतिर लाग्नु पर्छ । आउने दिनमा जलवायु परिवर्तनले विषम परिस्थिती खडा गर्न सक्छ, भुईचालोले विध्वंस मच्चाउन सक्छ र अर्काे यस्तै कुनै महामारीले फेरि दुःख दिन पनि सक्छ । भनाइको मतलब के भने, जुनसुकै बेला जे पनि हुन सक्छ । यी सबै सम्भावित परिदृश्यलाई ख्यालमा राखी त्योसँग जुध्ने सामथ्र्यको विकास गर्ने गरी अघि बढ्नु हरेक देशको आवश्कयता हो ।