काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका -५ का बिन्देश्वर महतो ३४ वर्षका भए । पढ्ने इच्छा हुँदा हुँदै पनि घरको आर्थिक अवस्था कमजोर भएका कारण जिम्मेवारीले कक्षा ८ सम्म मात्र अध्यनरत गरे ।
घरको कम्जोर आर्थिक अवस्थाबाट गुज्रिदै निरन्तर अघि बढेका उनलाई सबैबाट आस मरिसकेको थियो । जोश जाँगर र इच्छा शक्ति हुँदा हुँदै पनि अघि बढ्न नसकेका बिन्देश्वरले आफ्नो जोश जागरलाई मनको एउटा कुनामा समालेर राखेका थिए । त्यही समालेर राखेको झिनो आशालाई एक दिन चमेली बचत तथा ऋण सहकारी संस्थाले पुरा गरेको छ ।
चमेलीसँग २०७० सालमा बिन्देश्वर र चमेलीको परिचय भएको थियो । चमेली बचत तथा ऋण सहकारी संस्थाले नजिकबाट चिनेको बुझेको चमेलीबाट २०७१ सालमा ऋण लिएर व्यवसाय संचालन गरेको बिन्देश्वर बताउँछन् । चमेली बचत तथा ऋण सहकारीबाट ऋण लिएर व्यवसायिक तरकारी र भैँसीपालन व्यवसाय थालेपछि अहिले उनको जिन्दगीमा नयाँ बहार ल्याएको छ ।
पहिले आर्थिक अभाव लगायतका समस्याले पिल्सिएका उनले सहकारीबाट ऋण पाएपछि भने अहिले उनका दिनहरु बदलिएका छन् । चमेलीको साथ सहयोग पाएपछि व्यवसायिक कृषकका रुपमा परिचय समेत बनाएका छन् । चमेलीसँग २०७० मा परिचय भएर २०७१ सालमा मैले भैँसीपालन व्यवसाय गर्न ऋण लिएँ,उनले भने, ‘भैँसीपालन र व्यवसायिक तरकारी खेती गर्नका लागि सुरुमा २० हजारबाट ऋण लिन सुरु गरेको थिएँ । सहकारीको साथ पाएपछि अहिले राम्रै भएको छ ।’
सहकारीबाट २० हजारबाट ऋण लिन सुरु गरेका बिन्देश्वरले भैँसीपालन व्यवसाय गर्दै दुधलाई बजारमा बेच्दै दुधबाट मनग्य आम्दानी गर्दै आएका छन् । सहकारीबाट ऋण लिएपछि अहिले मसँग एउटा भैँसी छ',उनले भने, 'भैँसी ब्याएको केही दिन भयो । १२ लिटर दुधलाई डेरीमा लगाएको छु । दुधबाट राम्रै आम्दानी भएको छ ।’
यति मात्र नभएर चमेलीको साथ सहयोग पाएपछि व्यवसायिक तरकारी खेतीमा उनले अब्बल परिचय समेत बनाएका छन् ।
भैँसीपालन र व्यवसायिक तरकारीमा होमिएका कृषक महतोले आम्दानी बढेसँगै सहकारीबाट ऋण लिएर व्यवसायलाई थप व्यवस्थित बनाउन थप ३० हजार थप ऋण फेरी लिए । त्यस्पछि उनले व्यवसाय थपका लागि ऋण बढाउँदै लिएको उनी बताउँछन् ।
२० हजारबाट ऋण लिन सुरु गरेको मैले ऋण बढाउँदै लिएँ,’उनले भने, ‘ऋण लिएर भैँसीपालन व्यवसाय गरेपछि पारिवारिक अवस्थामा सुधार आयो । व्यवसायबाट राम्रै आम्दानी हुन थाल्यो । परिवारका आवश्यक्ताहरु प्नि बढ्दै गए त्यसपछि परिवारका आवश्यक्ता र व्यवसाय थप गर्न कालागि ३० हजार देखि ५० हजार हुँदै ८० हजार १ लाख, हुँदै एकलाख पचास हजार, अढाइलाख, अहिले तीन लाख सम्म पुगेको छ ।’
चमेलीबाट ऋण लिएर व्यवसाय थालेका बिन्देश्वरले व्यवसाय सुरु गरेसँगै बिचमा उनको स्वास्थ्यमा खराबि आएपछि उपचार गर्नका लागि समेत चमेलीबाट ऋण पाएको बताउँछन् । विभिन्न चरणमा ऋण लिएर स्वास्थ्य चेकजाँच औषधी पनि गरे । कृषि खेती पनि गरे, व्यपार पनि गरे । पहाडबाट तरकारी ल्याएर बजारमा बेच्नेसम्म गरेँ',उनले भने, ‘ति सबै खालका व्यवपार व्यवसाय छोडेर काठमाडौँमा बच्चाको उपचार गर्न हिँडे ।’
विभिन्न उतारचढावका कारण समस्यामा परेका उनलाई निरन्तर चमेली बचत तथा ऋण सहकारी संस्थाले साथ दियो । बिन्देश्वर पनि कत्ति पनि बिचल्लित नभएर आफ्नो व्यवसाय गर्ने हुट्हुटीलाई कम्जोर बनाएनन् ।
व्यवसायिक तरकारी खेतीसँगै भैँसीपालन व्यवसाय गरेको उनी बताउँछन् । अहिले उनी निरन्तर भैँसीपालन र करिब १ बिघा जग्गामा तरकारी खेती व्यवसाय गर्दै आएका छन् ।
महतोले करिब एक बिघा जग्गामा लगाएको तरकारीमा भन्टा, बोडी, खुर्सानी,टमाटर,करेला,सिमी फर्सि लगायतका तरकारीहरु फलाएका छन् । एउटा भैँसीको दुध र तरकारी बेचेर बिन्देश्वरले वार्षिक तीन देखि चार लाखसम्म आम्दानी गर्दै आएको उनी बताउँछन् ।
पहिलेभन्दा अहिले बिन्देश्वरको जिवन सहज रुपमा अघि बढेको छ । पहिले निकै दुःख कष्टहरु थिए कसैले ऋण पत्याउदैन थियो',उनले भने, ‘चमेलीबाट ऋण पत्याएपछि हाम्रो जिन्दगथीमा नयाँ बहार नै ल्याइदिएको छ ।’
समयमै चमेलीसँगको परिचयले बिन्देश्वरकोे जीवनमा नयाँ बहारसँगै परिवारमा खुशी छाएको छ । अहिले उनको जीवन खुशीसाथ अघि बढेको छ । हाम्रो जीवन राम्रो सँग अघि बढेको छ’,उनले भने, ‘ चमेली नभएको भए कुनै अन्य ठाउँबाट ऋण लिने काम हुन्थ्यो तर, यस्तो हुदैनथ्यो होला । अहिले पनि मेरो परिवार आर्थिक समस्याले गुज्रिदै निकै अप्ठेरो अवस्थामा हुन्थ्यौँहोला चमेली हाम्रो साहारा बनेर आयो ।’
बिन्देश्वरलाई अहिले उनकी श्रीमतिले पनि भरपुर सहयोग गर्दे आएकी छिन् । घरायसी काममा सघाउने र बाँकी समय खेतवारीमा बिताउने समेत गरेको बिन्देश्वर बताउँछन् ।
चमेलीले समयमै आफ्नो समस्या बुझेर ऋण दिएर अहिले यो अवस्थामा पुर्याएकोमा खुशी व्यक्त गर्दै महतो दम्पतीले चमेलीलाई कृतज्ञता व्यक्त गर्दछन् ।
चमेली सहकारीले अहिले सहकारीमा आवद्ध सदस्यहरुलाई तीनहजारको पोषण भत्ता समेत दिदै आएको उनी बताउँछन् । चमेलीमा आबद्ध भएदेखि हामीलाई तीनहजार पोषण भत्तासमेत दिदै आएको छ,’उनले भने, ‘समयमै कृषि तालिम पनि दिएको छ । चमेलीमा लागेदेखि नै व्यवसायिक खेतीका बारेमा बुझ्न पाएँ । पहिले अहिले जस्तो खेती गर्ने राम्रो ज्ञान सिप थिएन । अहिले धेरै प्रगति भएको छ ।’