काठमाडौँ । दक्षिण एशियाको एक मात्र घुमन्ते जाती राउटे समुदायका राउटे युवती पछिल्लो समय परिर्वतनको बाटोतर्फ अग्रसर हुन थालेका छन् । घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका युवतीहरु आफ्ना पारम्परिक चुरा पोते निर्माणमा दक्षता हासिल गर्न जीविकोपार्जनको नयाँ आयाम बनाउन क्षमता विकास तालिममा सहभागि भएका छन् ।
सोसेक नेपालले आयोजना गरेको चुरा र पोते क्षमताविकास तालिममा सहभागि भएका राउटे युवतीहरुलाई चुरा र पोते निर्माण डिजाइन् सीप सिकाइन्छ । जस्ले गर्दा राउटे समुदायका राउटे युवतीहरुको पारम्परिक कलालाई आधुनिक रुप दिन्छ जस्ले गर्दा उनीहरुको जीविकोपार्जनमा सहयोग पु¥याउन मद्दत पुग्ने छ ।
चुरा पोते र झुम्का राउटे समुदायको साँस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा हुन् । यि र यस्ता आभूषणहरु राउटे समुदायका महिलाका लागि सजावट मात्र नभएर साँस्कृतिक मूल्य र प्रतीक पनि हुन् । यद्यपी समयक्रम अनुसार परम्परागत सीपमा कमी आएको थियो । सोसेक नेपालको यस पहलले राउटे युवतीहरुलाई आफ्नो साँस्कृतिक धरोहरलाई सम्मान गर्दै चुरा पोते निर्माण सम्बन्धी सीप सिक्न हौस्याएको छ । पहिले परम्परागत रुपमा एकै किसिमको पोते निर्माण गर्ने राउटे युवतीहरु विभिन्न डिजाइनमा सिक्न पाउँदा खुशी भएको बताउँछन् ।
समयको परिवर्तनसँगै परम्परागत सीपमा कमी आएको थियो, तर सोसेक नेपालको यस पहलले राउटे युवतीहरुलाई आफ्नो सांस्कृतिक धरोहरलाई सम्मान गर्दै नयाँ डिजाइन सिक्न उत्साहित गरेको छ । राउटे समुदायकी गाजली शाहीले भनिन, ‘हामीलाई पहिले केवल एकै किसिमका पोते बनाउन जानेका थियौँ, तर अब विभिन्न डिजाइनका पोते बनाउन सकिन्छ भन्ने कुरा सिक्न पाउँदा निकै खुशी छौँ ।’
यस सीप विकास तालिमले आफूहरुको जीवनमा नयाँ अवसर भएको राउटे युवतीहरु बताउँछन् । यस तालिमले हाम्रो जीवनमा नयाँ अवसरहरू ल्याएको छ,’राउटे समुदायकी अर्की युवती बाटुली शाही भन्छिन् , ‘हामी अब पोते र माला बनाएर आफ्ना घरका खर्च जुटाउन सक्नेछौं । पुरुषहरू काठमाका सामाग्री बनाएर परिवारको जीविका चलाउँछन, अब हामी पनि पोते र झुम्का बनाएर सहयोग गर्न सक्छौँ ।’
त्यस्तै, कलिलै उमेरमा एकल बनेकी किताब शाहीले यो तालिमलाई आफ्नो जीवनमा आशा र आत्मविश्वासको स्रोत भएको बताइन् । ‘सानै उमेरमा श्रीमान गुमाएपछि निराशाले थिच्दै आएको थियो, तर यो क्षमता विकास तालिमले मलाई नयाँ ऊर्जा दिएको छ । अब मैले आफ्ना लागि केही गर्न सक्ने विश्वास पाएकी छ,’ उनले भनिन् ।
तालिममा हाल राउटे समुदायका सात जना महिला सहभागि छन् । चार जना एकल महिलाहरु रहेका छन् भने दुइजना युवती छन् । तालिममा २८ वर्षिया गाजली शाही, १८ वर्षिया सुरमान शाही, १६ वर्षिया बिनी शाही, वर्ष २४ की बाटुली शाही, २२ वर्षिया सुन्दरी शाही, १८ वर्षिया मयाराम शाही र २५ वर्षिया किताब शाही सहभागी छन् । सुरमान, सुन्दरी, मयाराम र किताब शाही एकल महिला हुन् भने गाजली, बिनी, र बाटुलीको बिहे भएको छैन ।
चुरा पोते क्षमता विकास तालिमले एकल महिलाहरुलाई जीविकोपार्जनका लागि सहजता ल्याउने छ भने अविवाहित युवतीहरुका लागि पनि भविष्यको बाटो कोर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
तालिमपश्चात् सोसेकले युवतीहरुलाई सामाग्री उपलब्ध गराउने र उनीहरुले उत्पादन गरेका सामाग्री घुम्ती सामाग्री आर्थिक व्यवस्थापनबाट बजारिकरणका लागि सहज बातावर निर्माण गर्ने सोसेक नेपालका कार्यक्रम निर्देशक बसन्त श्रेष्ठ बताउँछन् । तालिमपछि सोसेक नेपालले राउटे युवतीहरुलाई सामाग्री उपलब्ध गराउने र बजारमा त्यसको सहज व्यवस्थापनका लागि सहयोग गर्ने योजना बनाएको छ । कार्यक्रम निर्देशक श्रेष्ठका अनुसार, ‘तालिमपछि हामी युवतीहरुलाई सामाग्री उपलब्ध गराउने छौं र उनीहरुले उत्पादन गरेका सामाग्रीको बजारिकरणका लागि एक व्यवस्थित ढाँचा तयार पार्नेछौं । यसले उनीहरुको आर्थिक स्थिति सुधार्नेछ ।’
अहिले राउटे समुदायले उत्पादन गरेका सामाग्रीको अन्तर्राष्ट्रिय बजारमा समेत माग छ । यसले समुदायको आत्मनिर्भरता र जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेल्नेछ । कर्णाली प्रदेश सरकारलाई पनि यस क्षेत्रमा सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताए । ‘कर्णाली प्रदेश सरकारले पनि राउटे समुदायको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहयोग गर्नुपर्छ,’ उनले भने ।
राउटे समुदाय देखि नै जिज्ञासा र उत्साह सहित तालिममा सहभागि भएको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लाल बहादुर खत्री बताउँछन् । यहाँ बस्तिदेखि नै मुदायका युवतीहरु कति दिन के सिकाउँछन् भन्दै जिज्ञासा राखेका थिए,’उनले भने, ‘प्राय घरकै कामहरुमा व्यस्त हुने युवतीहरु तालिममा निकै उत्साहित भावमा सहभागि हुन पुगेका छन् ।’
राउटे समुदायका युवतीहरुलाई सीपमुखी तालिम र सकारात्मक दृष्टिकोणको प्रोत्साहन दिइयो भने यसले अवश्य परिवर्तन ल्याउन सक्ने सोसेक नेपालद्वारा राउटे समुदायमा संचालित राउटे परियोजनामा कार्यरत अनुजा पन्त बताउँछिन् ।
उनका अनुसार, बस्ती बाहिर सीप विकास तालिम र सकारात्मक सोचको प्रोत्साहनले राउटे युवतीहरुलाई नयाँ सम्भावनाहरु र अवसरहरूको बारेमा सोच्न मद्दत पुर्याउनेछ। यसले उनीहरुको जीवनस्तर सुधार्न, आत्मनिर्भर बन्न, र समुदायको विकासमा योगदान पुर्याउन ठूलो भूमिका खेल्न सक्छ ।
राउटे समुदायका सात जना युवतीले तीन दिनसम्म सञ्चालन गरिएको विशेष तालिममा चार प्रकारका पोते, हातमा लगाउने औँठी, चुरा सेट, र कानमा लगाउने झुम्का निर्माण गर्न सिकेका छन् । राउटे परियोजनामा कार्यरत अनुजा पन्तका अनुसार, यो तालिम एक हप्ताको लागि योजना बनाइए पनि सहभागिता तीन दिनमा सीमित गरिएको थियो । 'सातजना सहभागीमध्ये पाँचजनाले पहिलो पटक बस्ती छोडेका कारण, उनीहरूको सहजताका लागि तालिम छोट्याइएको हो,' पन्तले जानकारी दिइन् ।
तालिमले युवतीहरूलाई सिर्जनशीलता र आत्मनिर्भरताको नयाँ आयाम दिन सफल भएको र पहिलो पटक बस्तीभन्दा बाहिर निस्केर सिक्न पाउँदा उनीहरूमा नयाँ आत्मविश्वास र ऊर्जा देखिएको पन्तले बताइन् ।
तीन दिनको तालिम अवधिमा सहभागी युवतीहरूले २३ वटा पोते लगायतका विभिन्न आभूषणहरू निर्माण गरे। प्रशिक्षक कल्पना बिसीका अनुसार, तालिमको प्रभावकारिता उत्साहजनक रह्यो । 'राउटे युवतीहरू समुदायमै आभूषण निर्माणमा केही अनुभव भएकोले आधारभूत प्रशिक्षण आवश्यक भएन,' उनले भनिन् । 'उनीहरूको सिक्ने उत्साह र चाँडो आत्मसात गर्ने क्षमताले तालिमलाई थप प्रभावकारी बनायो ।'
सुर्खेतको वीरेनद्रनगरमा आइतवार देखि संचालन भएको क्षमता विकास तालिम आज (मंगलवार) सम्पन्न भएको छ ।