काठमाडौँ । ललितपुर महानगर र राष्ट्रिय खेलाडीहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
ब्याटमिन्टन खेलको विकासका लागि राष्ट्रिय खेलाडीहरु रसिला महर्जन र प्रफुल्ल महर्जन र महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
महानगर प्रमुख चिरीबाबु महर्जनले ब्याटमिन्टन खेलको विकासका लागि यो समझदारी गरेको बताए ।
‘उहाँहरु राष्ट्रिय खेलाडी हुनुहुन्छ । महानगरको टेवाले ओलम्पिकमा पुग्न सहयोग मिलोस् भन्ने हाम्रो उदेश्य हो । यो नयाँ अध्याय हो, शुभारम्भ हो, अन्त्य होइन,’ मेयर महर्जनले भने ।
ब्याटमिन्टनका राष्ट्रिय खेलाडी प्रफुल्ल महर्जनले यो कार्यक्रमले आफूलाई प्रोत्साहित गरेको बताए । खेलको माध्यमबाट देश र ललितपुर महानगरलाई चिनाउन सक्दो मिहेनत गर्ने प्रतिबद्धता जनाए ।
महानगर प्रमुख महर्जनका सल्लाहकार पद्मबहादुर श्रेष्ठले महानगरले गरेको यो कामको खुलेर प्रसंशा गरे । महानगरले खेलाडीलाई गरेको महत्वपूर्ण टेवा भएको दाबी गरे ।
समझदारी पत्रमा उल्लेख भए अनुसार रशिला र प्रफुल्लले प्रदेश वा राष्ट्रिय प्रतियोगिताहरुमा महानगरले प्रयोग गर्दै आएको लोगो प्रयोग गर्नुपर्नेछ । महानगरभित्र रहेका मूर्त र अर्मूत सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्ने महानगरले जनाएको छ ।
ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्नेछ । दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक रुपमा जनही दुई लाख ५० हजार दिनेछ ।
कार्यक्रममा केन्द्रीय ब्याडमिन्टन संघका धुव्र महर्जन लगायतको उपस्थिति थियो ।