काठमाडौँ । पत्रकार, लेखक घनश्याम खड्का यस वर्षको ब्रिटिस काउन्सिल स्टडी यूके अलुम्नाइ अवार्डको ग्लोबल फाइनलिस्टमा पर्न सफल भएका छन् ।
स्टडी यूके अलुम्नाइ अवार्ड बेलायतमा उच्च शिक्षा हासिल गरेका पूर्वविद्यार्थीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गरिन्छ । यस अवार्डमार्फत आफ्नै देश वा विश्वव्यापी स्तरमा सामाजिक, सांस्कृतिक वा पेशागत क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सफल व्यक्तिहरूलाई चिनाउने गरिन्छ।
सन् २०१६ मा चेभनिङ छात्रवृत्ति पाएर युनिभर्सिटी अफ लिड्स, बेलायतमा अन्तर्राष्ट्रिय तथा युरोपेली मानवअधिकार कानुनमा एलएलएम गरेका खड्का संस्कृति र सर्जनशीलता विधामा अन्तिम प्रतिस्पर्धीका रूपमा छनोट भएका हुन् ।
पत्रकारिता र पुस्तक लेखनका साथै ‘माइण्डफुल लिभि« अभियानका अलावा ’खड्काले अघि सारेको ‘राइट टु ह्याप्पिनेस’ सिद्धान्तका लागि उनलाई यो अवार्डको अन्तिम मनोनितका लागि छानिएको हो ।
'खुसीका लागि यदि मानवअधिकार पर्याप्त हुन्थ्यो भने राम्रो संरचना भएका समाजमा चिन्ता, अवसाद वा आत्महत्याका घटना देखिँदैनथ्यो, तर व्यक्तिगत स्तरमा चेतना नजागेसम्म मात्र व्यवस्थाले मानिसलाई आनन्दित बनाउन सक्दैन,' खड्काले भने, 'त्यसैले, मानवअधिकारको उपभोग र माइण्डफुल लिभिङको अभ्यास दुबैले मात्रै जीवनमा आनन्द ल्याउ“छ, दुबैको एकैसाथ प्रयोग गर्न पाउनु नै राइट टु ह्रयाप्पिनेस अर्थात खुसी हुने अधिकार हो ।'
जीवनका आवश्यकताहरुका लागि राज्यले मिलाएको प्रबन्धले दिने मानवधिकारले सहजता ल्याउने र खुसी हुनका लागि होसपूर्ण जीवनको आवश्यकता पर्ने हुनाले मानवअधिकार र व्यक्तिगत सचेतना दुबै एक अर्काको पुरक भएको भन्दै खड्काले त्यसका लागि ‘राइट टु ह्याप्पिनेस’ को सिद्धान्त अघि सारेका हुन् ।
चर्चित उपन्यास ‘निर्वाण’ का लेखक खड्काको पछिल्लो पुस्तक ‘आनन्द संहिता’ राइट टु हयाप्पिनेस सिद्धान्तको आन्तरिक पक्ष होसपूर्ण जीवनका बारेमा केन्द्रित छ ।
उनी यस अवार्डका लागि फाइनलिस्टमा छनोट हुने एक्ला नेपाली हुन् । विश्वविद्यालयको प्रतिनिधित्व गर्दै अन्तिम प्रतिस्पर्धीमा छनौट भएकामा खुसी व्यक्त गर्दै लिड्स युनिभर्सीटीले खड्कालाई बुधबार पत्र लेखी बधाइ पनि दिएको छ ।