काठमाडौँ । काठमाडौंको जग्गाको उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको आर्थिक ऐनअनुसार हनुमानढोका पूर्वनयाँसडक, पुरानो काठमाडौं महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्मको जग्गा मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।
त्यस्तै न्युरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौं महानगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको जग्गाको मूल्य पनि प्रतिआना ५० लाख राखिएको छ । महानगरपालिकाले सम्पत्ति कर मूल्यांकन गर्न जग्गाको प्रतिआना मूल्य तोक्ने प्रस्ताव गरिएको छ । केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्वसुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ५० लाख रुपैयाँ राखिएको छ । जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वरसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ५० लाख मूल्यांकन गरिएको आर्थिक ऐनमा छ । रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको भाउ पनि ५० लाख रुपैयाँ राखिएको छ ।
पुतलीसडक, बागबजार, रत्नपार्कसम्मको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य भने ४० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्मको ९शुक्रपथ० मूलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ४० लाख रुपैयाँ राखिएको छ ।
खिचापोखरीबाट दक्षिणतर्फको भुङ्ला मार्ग, गणबहाल र भोटेबहालको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै नयाँसडक गेटबाट उत्तर हुँदै महाबौद्ध (चिकं अटः) गणेशस्थानसम्म (भौंसीको मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख नै राखिएको छ । चिकंअटः देखि इन्द्रचोकसम्म (ओटु मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख रुपैयाँ नै तोकिएको आर्थिक ऐनमा छ ।
दुगम बहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रञ्जना हलको गेटसम्म (प्यूखामार्ग, फसिकेव मार्ग) र नयाँ सडक पीपलबोट दोबाटोदेखि उत्तर साविकको रञ्जना सिनेमा हलसम्म ९रञ्जना मार्ग० सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । लैनचौर चोकदेखि, होटल ¥याडिसन, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ३२ लाख रुपैयाँ तोकिएको छ । बालकुमारी पुल–कोटेश्वर–तीनकुने–मीनभवन–नयाँ बानेश्वर–बिजुलीबजार–थापाथली–त्रिपुरेश्वर–टेकुस्थित विष्णुमती
पुलसम्मका मूल सडकसँग जोडिएका दायाँंबायाँका जग्गाको मूल्यांकन पनि ३२ लाख रुपैयाँ गरिएको छ । आर्थिक ऐनअनुसार नयाँ बानेश्वर चोकदेखि कान्तिपुर डेन्टल तथा पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको ३२ लाख रुपैयाँ मूल्य तोकिएको छ । माइतीघर मण्डला– पुरातत्व विभागबाट पूर्व सिंहदरबार दक्षिणगेट हुँदै हनुमान स्थानसम्मको मूल बाटोमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३२ लाख राखिएको छ । जिल्ला अदालत, काठमाडौं अगाडिको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३२ लाख रुपैयाँराखिएको छ ।
चक्रपथ जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाको मूल्य ३० लाख मूल्यांकन गरिएको छ । ५ लाखदेखि ५० लाख रुपैयाँ सम्मको जग्गा मूल्यांकन गरिएको महानगरको आर्थिक ऐनमा छ । चलनचल्तीको मूल्य भने योभन्दा धेरै बढी हुने गरेको छ ।