ललितपुर, ०८ मंसिर । गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १,००७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ७७९ जनामा, भक्तपुरमा थप ८५ जनामा र ललितपुरमा थप १४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।
यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५०.८६ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।
त्यसैगरी आज अपराह्णसम्म नेपालमा थप १,९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १६ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,२२,२८८ जना पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित १,३३७ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म १,०२,०६७ जना निको भई डिस्चार्ज भएका छन् ।
प्रदेश नं २ र वाग्मती प्रदेशका विभन्नि जिल्लाहरुमा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ । सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या अधिक छ । काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् । संक्रमितमध्ये झन्डै ६० प्रतिशत उपत्यकाका रहेका छन् ।
नेपालमा संक्रमित भएका मध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या हालसम्म १८,८८४ जना रहेको छ । अन्यत्रभन्दा उपत्यकामा नै सक्रिय सङ्क्रमितको संख्या बढी छ । विगत २४ चौबीस घण्टामा अवधिमा ३,०४३ जना सङ्क्रमित रोगमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै ९० प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन् । हालसम्म काठमाडौंमा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् ।
र याे पनि हेराै