काठमाडौँ । मानिसको स्वास्थ्य र जीवनशैलीमा खाद्यान्नको महत्त्वपूर्ण भूमिका हुन्छ। पोषणविद्हरूका अनुसार, खानेकुरालाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ - शक्ति दिने, शरीरको वृद्धि तथा मर्मत गर्ने, र शरीरको सुरक्षा गर्ने खानेकुरा।
विशेषगरी खेतबारीमा काम गर्ने मजदुर, बिरामी भएर निको हुँदै गरेका व्यक्ति, गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरू, खेलाडी, हुर्कंदै गरेका बालबालिका र ज्येष्ठ नागरिकलाई शक्ति दिने खानेकुराको अत्यधिक आवश्यकता पर्छ।
शक्ति दिने खानेकुराले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ जसले दैनिकका काम गर्न सक्ने क्षमता बढाउँछ। यस्तो खाद्य वस्तुमा कार्बोहाइड्रेट, बोसो र केही खालका चिनीजन्य पदार्थ मुख्य रूपमा पाइन्छ।
शक्ति दिने खानेकुरामा पर्ने प्रमुख वस्तुहरू यस्ता छन्:
अन्नजन्य खाद्यपदार्थहरू: चामल, गहुँ, मकै, फापर, जौ आदि।
गाँठे (जरा भएको) खानेकुरा: पिँडालु, तरुल, गीठा, भ्याकुर, सखरखण्ड आदि।
चिल्लो पदार्थहरू: घिउ, तेल, मखन, नौनी आदि।
गुलियो पदार्थहरू: गुँड, चिनी, मह, उखु आदि।
विशेषज्ञहरू भन्छन् - दैनिक श्रम गर्ने व्यक्तिले दिनको खाना यस्तो शक्ति दिने तत्वयुक्त हुनुपर्छ, जसले काम गर्ने उर्जा दिन्छ। साथै, बालबालिकाको शारीरिक विकासका लागि पनि यस्ता खानेकुरा अनिवार्य छन्। “शरीरलाई शक्तिशाली बनाउने खानेकुराको मात्रा र गुणस्तर दुवै महत्वपूर्ण हुन्छ। फोहोर तेल वा अत्यधिक चिनीले लाभभन्दा हानि पुर्याउन सक्छ।”