काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ९साउन ७, बुधबार० को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।
बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै तर बढ्ने सम्भावना छ।
जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।
साथै आज इलाम, झापा, पाँचथर, धनकुटा, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, नुवाकोट, धादिङ रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, स्याङ्जा, गोरखा, जाजरकोट, दैलेख, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जनाएको छ।
महाशाखाले उल्लिखित ३१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै ती क्षेत्रका खोलारनदी क्षेत्रमा होसियारी अपनाउन सुझाव दिएको छ।


