काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनलाई अहिले फिल्मको सूटिङ तथा प्रदर्शनको तयारीमा रहेका फिल्महरुको पब्लिसिटीको समय मिलाउनै हम्मे–हम्मे झैँ हुन थालेको छ ।
यतिबेला यी अभिनेत्री आगामी भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म माग्ने राजाका कारण चर्चामा छिन् ।
त्यसो त वर्षाले केहि दिन अगाडि लेखेको एउटा स्टाटसले पनि वर्षालाई चर्चामा ल्याउन सघाएको छ । अघिल्लो साता राष्ट्रपति रामचन्द्र पौडेलले अभिनेता प्रदिप खड्कालाई प्रोत्साहन पुरस्कार दिएको तर उक्त पुरस्कार अभिनेत्रीलाई नदिएकोमा असन्तुष्टि जनाउँदै अभिनेत्री सिवाकोटीले एउटा स्टाटस लेखेर विरोध जनाएकी थिइन् ।
उक्त स्टाटसका कारण उनलाई एक जना सञ्चारकर्मीले आफ्नो कार्यक्रममार्फत फिल्ममा राम्रोसँग रुन नआउनेलाई के को प्रोत्साहन पुरस्कार ? भन्ने किसिमको अभिव्यक्ति दिएका थिए ।
सोमवार ललितपुरमा आयोजित फिल्म ‘माग्ने राजा’ को गीत सार्वजनिक गर्न आयोजित समारोहमा पनि अभिनेत्री सिवोकोटीले यो विषयमा आफ्नो संक्षिप्त धारणा व्यक्त गर्दै आफू हाँस्दा–हाँस्दै जन्मिएको बताएकी थिइन् भने आफूलाई रुन नआएको आरोप लगाउने सञ्चारकर्मीलाई हरेक दिन रुने अभ्यास गरेको एक–एक वटा भिडियो पठाउने तयारी गरिरहेको भन्दै व्यङ्ग्यसमेत गरेकी थिइन् ।
अभिनेत्री सिवाकोटी यत्तिमै रोकिएकी छैनन् । मंगलवार त उनले सामाजिक सञ्जालमा एउटा स्टोरी नै शेयर गरेर उक्त आरोपको घुमाउरो शैलीमा जवाफ दिएकी छिन् ।
मंगलवार अभिनेत्री सिवाकोटीले प्रसिद्ध पिजी भन्ने व्यक्तिद्वारा अंग्रेजी भाषामा लेखिएको नोट शेयर गर्दै लेखेकी छिन्– ‘बोल्नुभन्दा अगाडि सोच्नु होला ।’
वर्षाले पक्कै पनि उक्त स्टोरी आफ्नै लागि लेखिएको भएर शेयर गरेकी हुन् भन्ने बुझ्न कति पनि समय लाग्दैन । स्टाटस पढ्दा पक्कै पनि वर्षालाई चित्त बुझेको हुनु पर्छ, त्यसैले उनले धन्यवाद भन्दै उक्त स्टाटसलाई रिपोस्ट गरेकी छिन् ।
अहिलेको समयमा आफूमाथि भएको टिका–टिप्पणीको जवाफको रुपमा वर्षाले प्रसिद्धको स्टोरीलाई रिपोस्ट गरेकी हुन् । वर्षाले रिपोस्ट गरेको स्टोरीमा एक सञ्चारकर्मीको धर्म के हो रु भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ ।
नोटमा माइक समाएर हेडलाइन फलाक्नुमात्र फिल्म पत्रकार नभएको बताइएको छ । बोल्नुअघि सोच्नु होस् भन्ने शब्दबाट प्रारम्भ भएको उक्त नोटमा फिल्म पत्रकारले जब माइकबाट केहि बोल्छन्, तब उनले बोलेको बोली लाखौँसम्म पुग्छ । त्यसैले सोचेर बोल्नु पर्ने सुझाव दिइएको छ । फिल्म पत्रकारको जिम्मेवार औँल्याउँदै उनले वर्षामाथि गरिएको कटाक्षलाई नखुलाउदै बोल्दा ध्यान दिनु पर्ने कुरामा जोड दिएका छन् । विशेषगरी त्यस्ता अभिनेत्री, जसले आफ्नो परिचय बनाउन कडा मेहनत गरेका हुन्छन् ।
कलाकारलाई आफू र आफ्नो कार्यक्रम हिट बनाउन गरिने आलोचनाको बारेमा लेख्दै कुनै व्यक्तिको आलोचना गर्नु कामको अंश भएता पनि निरन्तर नकारात्मकता र चरित्रहत्या गर्नुले इमान्दार देखाउँदैन, त्यसले तपाईँलाई तीतो बनाउँछ भनेर लेखेका छन् ।
त्यस्तै अहिलेका कुनै पनि सञ्चारकर्मीको वास्तविक चरित्र उजागार गर्दै लेखेका छन्– ‘भ्यूज र आफूमा ध्यान केन्द्रित गर्नु भन्दा वास्तविक प्रतिभा र कथाहरूलाई अघि बढाउने प्रयास गर्न सुझाएका छन् ।’
प्रसिद्धले लेखेको उक्त स्टाटसमा प्रश्न सोध्दै अप्रत्यक्ष रुपमा सञ्चारकर्मीको नाम पनि उल्लेख गरिएको छ तर सबैले उक्त कुरामा ध्यान नदिन पनि सक्छन् । ‘कि अरूको प्रकाश निभाएर मात्रै तपाईंको उज्यालो देखिन्छ जस्तो लाग्छ र ? ? उनले सोधेका छन् ।