काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भनेर सरकारको ध्यानाकर्षण गरेको छ ।
आइतबार प्रतिनिधिसभामा सभामुखसँग समय लिएर पार्टीका बोल्दै सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको बताएकी हुन् । मन्त्रिमण्डलको अर्को काण्ड-कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ-घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरु मा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो,’ उनले भनिन् ।
एक मन्त्रीले अर्को मन्त्रीको नाम लिएको भनेर पनि उनले स्मरण गरिन् ।
‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं,’ सांसद सुमनाले प्रश्न गरिन्, ‘ ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउँ हो ? अडियोमा ‘बा’ भनेको को हुन् ?
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको एउटा अडियो सार्वजनिक भएको छ । तर, उक्त अडियोलाई लिएर संसद्मा प्रश्न उठेको छ ।
सांसद श्रेष्ठले प्रश्नमाथि प्रश्न गरेकी छन्, ‘दुई तिहाइको सुशासन भनेको के यही हो ? आफ्नोलाई चैन, अरूलाई ऐन नै ऐन ? पहिला पनि यस्तै अडियो काण्ड घटेको थियो – यो बिर्सेका छैनन् जनताले, र फेरि पनि त्यहि दुई तिहाइ भनेको मिलिजुली भाग खानकालागि हो ? कसको तागतको भरमा, कसको संस्कारमा ? के फरक भयो त यी वर्षहरूमा ? जनताले के पाए ?