काठमाडौँ । झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेमा झापाका पाँच तथा मोरङ, इलाम र दोलखाका एक(एक जना रहेको बाराकोटीले जानकारी दिए ।
झापामा कोरोना संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । ुकाँकडभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्,ु उनले भने, ुजटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।
उनका अनुसार झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको उनले बताए ।
ुझापाका पालिकाहरूसँग समन्वय गरेर खोप वितरण गर्छौं,ु उनले भने, ुअब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ । नयाँ खोप रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए ।
यसैगरी, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ ।