काठमाडौँ । नेपालको जनस्वास्थ्य क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता सबिना काफ्ले नेपाली वेलनेस ब्रान्ड ‘नेचुरो अर्थ’ की नयाँ ब्रान्ड एम्बेसडर बन्ने भएकी छन्। ब्रान्डले एक विज्ञप्ति जारी गर्दै काफ्लेलाई असार १४ गते ९जुन २८० औपचारिक रूपमा एम्बेसडर नियुक्त गरिएको जानकारी दिएको हो।
सन् २०१८ देखि नेपाली जडीबुटी, हस्तनिर्मित तथा रसायनमुक्त उत्पादनहरूमा आधारित ‘नेचुरो अर्थ’ ले जैविक सौन्दर्य र जीवनशैली प्रवद्र्धनलाई आफ्नो मुख्य उद्देश्य बनाउँदै आएको छ।
सबिना काफ्ले, जसले लामो समयदेखि प्रजनन स्वास्थ्य, मातृ सेवा र लैंगिक समानता जस्ता संवेदनशील विषयमा काम गर्दै आएकी छन्, आफूलाई ब्रान्डको हिस्साको रूपमा समावेश गरिनु गर्वको कुरा भएको बताउँछिन्।
ब्रान्डका सह–संस्थापक अंकित अग्रवाल का अनुसार, “सबिनाको स्वास्थ्यप्रतिको समर्पण, दिगोपनमा विश्वास, र समुदाय सशक्तीकरणप्रतिको सक्रियता हाम्रो ब्रान्डको मूल दर्शनसँग मेल खान्छ।”
नेचुरो अर्थले भर्जिन नरिवल तेल, अलसको तेल, अरंडी तेल, प्राकृतिक मधु, शिलाजीत, साबुनलगायतका स्वास्थ्य र सौन्दर्य उत्पादहरू उत्पादन गर्दै आएको छ।
ब्रान्डले विज्ञप्तिमा उल्लेख गरेको छ, “यो साझेदारीले सचेत जीवनशैलीलाई प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली जैविक उत्पादनको उपस्थिति बलियो बनाउने विश्वास लिएको छ।”