सर्लाही (मलंगवा) । सर्लाहीको मलंगवामा रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाईटी लिमिटेडले आफ्नो स्थापनाको ३० औं बार्षिकउत्सवमा मलंगवा स्थित बालमन्दिरलाई सहयोग उपलब्ध गराएको छ । संस्थाका मुख्यप्रबन्धक राजनहरि श्रेष्ठको नेतृत्वमा रहेको टोलिले बालमन्दिरलाई खानेपानी टंकीका साथै त्यहा रहेका अनाथ बालबालिकाहरुलाई मिष्ठान्न भोजन प्रदान गरेको हो ।
सहयोग प्रदान टोलिमा सहायक मुख्य प्रबन्धक रंजन कुमार जयसबाल, ऋण प्रमुख खुश कुमार बुढाथोकी, डाटा ब्यवस्थापन प्रमुख पुष्पलाल अमात्य, प्राविधिक प्रमुख शमिर प्रसाद जोशी, सेवाकेन्द्र मलंगवाका प्रमुख शंकर कुमार पौडेल, कर्मचारीहरु मदन ठाकुर, दिनेश यादव, अमित कुमार चौधरी, रंजित गुप्ता, अजय यादव, सन्तनु राय, कुमार थापा एवं फिल्ड कर्मचारी रामलखन महतोको सहभागिता रहेको थियो ।
राजश्री संस्थाको प्रधान कार्यालय सर्लाहीको मलंगवामा रहेको र सेवाकेन्द्रहरु मलंगवा, लालबन्दी, ईश्वरपुर, बरहथवा सर्लाही तथा जनकपुर धनुषा, जलेश्वर महोत्तरी, गौर, गडुरा रौतहट, मिर्चैया, लहान सिराह, ईटहरी, ईनरुवा सुनसरी, विराटनगर मोरंङ, विरगंज पर्सा र सिनामंगल काठमाण्डौं गरी १६ स्थानबाट सेवा प्रवाह गर्दै आएको छ ।
वि.सं. २०५२ साल जेठ २६ गते संस्थाको स्थापना भएको थियो । संस्थाले हरेक वर्ष जेठ २६ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ । २५ हजार शेयरपुँजिबाट संचालित संस्थाको हाल झण्डै ९१ करोड रुपैयाँको शेयरपुँजि रहेको छ ।