ललितपुर, १६ असोज । काठमाडौं उपत्यकामा दिनप्रतिदिन कोरोनाभाईरस संक्रमणको दर बढिरहेको छ । आज काडमाडौं उपत्यकामा एकैदिनमा १,६३८ जना संक्रमित फेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी काठमाडौंमा ४७० जना महिला र ८१० जना पुरुष गरी १,२८० जना ललितपुरमा ७७ जना महिला ८५ जना पुरुष गरी १६२ जना र भक्तपुरमा ८० महिला र ११६ पुरुष गरी १९६ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म काठमाडौमा २०,४०७ जना, ललितपुरमा २,५५० जना र भक्तपुरमा २,२३५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज शुक्रबार अपराह्णसम्म नेपालमा थप २,७२२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ११ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८२,४५० जना पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ५२० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ६०,६९६ जना निको भई डिस्चार्ज भएका छन् ।
प्रदेश नं २ र वाग्मती प्रदेशका विभन्नि जिल्लाहरुमा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ । सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या अधिक छ । काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् । संक्रमितमध्ये झन्डै ६० प्रतिशत उपत्यकाका रहेका छन् ।
नेपालमा संक्रमित भएका मध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या हालसम्म २१,२३० जना रहेको छ । अन्यत्रभन्दा उपत्यकामा नै सक्रिय सङ्क्रमितको संख्या बढी छ । विगत २४ चौबीस घण्टामा अवधिमा ३३०७ जना सङ्क्रमित रोगमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन् । हालसम्म काठमाडौंमा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् । केहिदिन यता दैनिक संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ भने संक्रमितहरु निको भएर डिस्चार्ज हुनेको संख्या घटिरहेका छ ।
र याे पनि हेराै