मुस्ताङ । बेनी–जोमसोम–कोरला सडक सुगम बनेसँगै मुस्ताङ पछिल्ला वर्षहरूमा चलचित्र छायाङ्कनको लोकप्रिय गन्तव्य बन्दै गएको छ। अब एकैदिन काठमाडौंबाट मुस्ताङ पुग्न सकिने भएपछि नेपाली, भारतीय र विदेशी चलचित्रकर्मीहरू आकर्षित भएका छन्।
हिमाली शृङ्खला, जैविक तथा सांस्कृतिक विविधता, सदियौं पुराना गुम्बा, ताल, गुफा, खर्क र याक चौँरी चर्ने दृश्यले चलचित्रको कथा र दृश्यहरूलाई प्रभावशाली बनाइरहेका छन् । जिल्लामा 'खुदा गवाहुदेखि 'कबड्डी,'प्रेमगीत,चिनो, 'भकुन्डो' लगायतका दर्जनौं चलचित्र छायाङ्कन भइसकेका छन् ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार छायाङ्कनबाट स्थानीय तहले सीमित राजस्व संकलन गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको छ । चलचित्र प्राविधिक संघका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले मुस्ताङमा चलचित्र स्टुडियो स्थापना भएमा गण्डकी प्रदेशकै आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए ।
लोमान्थाङ, मुक्तिनाथ, कागबेनी, मार्फा, ढुम्बाताल, चराङ गुम्बा, दामोदरकुण्ड जस्ता थुप्रै पर्यटकीय तथा सांस्कृतिक स्थलले मुस्ताङलाई चलचित्र छायाङ्कनको ‘हब’ बनाएको छ ।