चितवन । चितवनमा ६ दिने वन परिदृश्य पुनस्र्थापना तालिम सम्पन्न भएको छ । यूके इन्ट्रनेश्नल डेभलभमेन्टको साझेदारी, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, नेपाल वन प्राविधिक संघ र फरेष्टएकसन नेपालको संयुक्त आयोजनामा भएको तालिम सम्पन्न भएको हो ।
उक्त तालिम चितवनको कालीका नगरपालिका स्थित पदमपुरमा रहेको भिमवली साुमदायिक होमस्टेमा संचालन भएको थियो । उक्त तालिम चैत्र ११ देखि १६ गतेसम्म संचालन भएको थियो ।
तालिमको मुख्य उद्धेश्य स्थानीय स्तरमा वन कसरी परिदृश्य भइरहेको छ, वनपरिदृश्य पुनस्र्थापनामा चासो राख्ने र सामुदायिक सामुदायिक वनका समिति, उभोक्ताहरुलाई नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको फरेष्टएक्सन नेपालका बरिष्ठ अनुसन्धान अधिकृत डा प्रकाश भट्रराईले जानकारी दिए । उनका अनुसार उक्त तालिममा २५ जनाको सहभागीता रहेको थियो ।
तालिमको उद्देश्य र सहभागीहरूको अनुभव
तालिम समापनमा सहभागी सातवटै प्रदेशका सहभागीहरुले पहिले वन संरक्षण गर्नुपर्छ भन्ने मात्र जानकारी थियो भने तालिममा सहभागी भएपछि परिदृश्य पुनस्र्थापनाका बारेमा धेरै कुराहरु सिक्न बुझ्न पाएको र अझ स्पष्ट भएको बताएका छन् ।

तालिममा सहभागी भएपछि सामुदायिक वनका समिति सदस्यहरू तथा उपभोक्ताहरूले वन परिदृश्यको प्रभावकारी व्यवस्थापन, प्रभावित सामुदायिक वनहरूको सुधारका उपायहरू, र व्यवहारिक कदमहरूबारे बुझ्ने अवसर पाएकोमा निकै उत्साहित भएका छन्।
तालिममा सहभागी भएका झापाको भद्रपुर नगरपालिका–१ स्थित दियालो सामुदायिक वनका सदस्य कृष्ण राईका अनुसार, तालिमअघि वन व्यवस्थापनमा प्रभावकारी निर्णय कसरी गर्ने भन्ने विषयमा स्पष्टता थिएन। तर, फरेष्ट एक्शन नेपालद्वारा आयोजित तालिमपछि वन संरक्षण र व्यवस्थापनका ठोस उपायहरूबारे स्पष्ट बुझ्न पाएको बताए ।

'पहिले प्रभावकारी कदम कसरी चाल्ने भन्ने विषयमा म अनविज्ञ थिएँ,' राई भन्छन्, 'तर, यो तालिमले मेरो क्षमतामा उल्लेखनीय वृद्धि गरेको छ। अब वन व्यवस्थापनमा प्रभावकारी निर्णय लिन आत्मविश्वास बढेको छ। फरेष्टएक्शन नेपाललाई धन्यवाद !'
त्यस्तै तालिममा सहभागी भएका जाजरकोटका गोविन्द बहादुर सिंहले तालिमपछि मिचाहा प्रजाति के हो ? र यसले हाम्रा वनजंगलहरूमा कसरी असर गरिरहेको छ भन्ने विषयमा प्रष्ट ज्ञान पाएको बताए।
पहिले म जंगल डुल्दै गर्दा पनि हाम्रा जंगलहरूमा विभिन्न मिचाहा प्रजाति देख्थेँ तर, सामान्य रुपमा लिन्थेँ,उनले भने मिचाह प्रजाति वनजंगलका लागि कति घातक रहेछ भन्ने कुरा तालिममा सहभागी भएपछि बुझ्न पाएँ ।

पेशाले भेटेनरी रहेका गोबिन्द सिंह विगत लामो समयदेखि जाजरकोटमा रहेर वन्यजन्तु तथा चराचुरुंगी संरक्षण र उद्धारमा लाग्दै आएका छन् । सिंहले वन्यजन्तु चोरी निकासी रोक्ने उपायहरूबारे थप जानकारी प्राप्त गर्न पाए र तालिममा यस्ता विषयहरु विशेष रुपमा सहजीकरण गरिएको भए अझ प्रभावकारी हुने सुझाव दिए।
त्यस्तै, तालिमका अन्य सहभागीहरूले पनि आफ्नो क्षेत्रमा सामुदायिक वन संरक्षण तथा पुनर्स्थापनाका अनुभवहरू साझा गरेका थिए । उनीहरूका अनुसार, तालिमले उनीहरूलाई वन संरक्षणका प्रभावकारी उपायहरूबारे ज्ञान दिएको छ, जसले भविष्यमा सामुदायिक वन व्यवस्थापनलाई अझ सशक्त बनाउन मद्दत गर्नेछ।
समाजको अध्यन गरेर मात्र वन पुनस्थापना गरौँ
वन पुनस्र्थापना गर्दा माथिल्लो तहबाट मात्र योजना बनाएर वन पुनस्र्थापना गर्नु अपुर्ण हुने सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष ठाकुर भण्डारीले बताए । वन व्यवस्थापन वन पुनस्र्थापना गर्नका लागि समाज र भुगोलको अध्यन आवश्यक हुन्छ’,उनले भने, ‘सामाजिक, बातावरणीय र आर्थिक पक्षलाई प्राथमिकता दिएर मात्र वन व्यवस्थापनको योजना बनाउनुपर्छ ।’
त्यस्तै फरेष्टएक्सन नेपालमा कार्यरत डा. लिलानाथ शर्माले वन परिदृश्य पुनस्र्थापनामा बाह्य जातका विरुवाको प्रयोग गर्न उचित नभएको बताए । उनले भने, ‘वर्तमान अवस्थामा हामी बाह्य जातका विरुवा रोप्नतर्फ अग्रसर हुँदै आएका देखिन्छ, जुन दिर्घकालिन रुपमा समाज र वातावरणका लागि हानिकारक हुन सक्छ ।’

हम्रो वतावरण सुहाउँदो स्थानीय वनस्पतिको संरक्षण र सम्बद्र्धन गर्न सके मात्र वन परिदृश्य पुनस्र्थापना गर्नु उपयुक्त हुने उनले बताए । हाम्रो समाज र वातावरण सुहाँउदो विरुवाको छनौट नगरी बाह्य जातका विरुवा मात्र रोपण गरिएमा तीनै विरुवा भविष्यमा वन परिदृश्य पुनस्र्थापनाका लागि समस्या बन्न सक्छन, केही समस्याका रुपमा हामीले लगाएका मसलाका विरुवाबाट थाहा पाउँन सक्छौँ जो अहिले टाउको दुखाइको विषय बनेको छ,’उनले भने ।




