नेपालमा यौन व्यवसाय कानुनी रुपमा गैरकानुनी छ, तर व्यवहारमा भने लामो समय देखि अस्तित्वमा रहेको छ । हालैका वर्षहरुमा यौन व्यवसायलाइ बैध बनाउने वा यसको नियमन गर्ने विषयमा बहस अहिले पुन चर्किएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत ३ गते बसेको प्रतनिधिसिभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवद्धन गनुपर्ने भनी खुलस्त रुपमा आफ्नो र पार्टीको तर्फ बाट अभिव्यक्ति दिएका थिए । उनले यसअघि प्रमुख सचेतक नहुदै पनि उहाँ धेरै विवादित पनि भइसकेका पात्र हुन् ।
नेपालमा थुप्रै जिल्लाहरुमा गैर रुपमा यौन व्यवसायमा संलग्न हुने व्यक्तिहरुको लर्को छ , हामिले प्रहरि सगै पनि डाटा लियो भने गैरकानुनी रुपमा यौन पेशामा लाग्नेको अवस्थाहरु विभिन्न तवर तरिका द्धारा पाउन सकिन्छ ।
सामाजिक दृष्टिकोण अनुसार नेपालमा यौन व्यवसायलाइ नैतिक रुपमा अस्वीकार्य मान्ने ठुलो वर्गहरु छ । यौनकर्मीहरुलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण अपाच्य छ , जसले गर्दा एकै ठाउँको समाजमा बसोबास गर्दै आए पछि खुलस्त रुपमा यौनकर्मी लगायत व्यवसायीहरुको मात्रा झन भयानक नहोला भन्न सकिदैन । हाम्रो समाजमा अहिलेको अवस्थामा हरेक व्यक्त्तिलाई आर्थिक बिना कुनै पनि प्रकारको कामहरु र आफ्नो दैनिकी गुजाराहरु काट्न गारो परि रहेको अवस्थामा अधिकांश व्यक्त्तिहरु यौन व्यवसायमा संलग्न हुदै आएको अवस्था छ । जस्तै आर्थिक अभाव हुनु, अवसरको कमि हुनु, वा जबरजस्तीका कारण यस क्षेत्रमा आउन बाध्य हुन्छन् ।
आर्थिक पक्षको दृष्टिकोणले हेर्दा यौन व्यवसाय अनौपचारिक रुपमा आर्थिक गतिविधिको हिस्सा बन्दै आएको छ । नेपालमा गैर कानुनी रुपमा पर्यटन व्यवसायको पनि एक छायाँको रुपमा हेर्ने गरेको पाइन्छ ।
नेपालको कानुनी पक्ष हेर्ने हो भने, नेपालको कानुन अनुसार यौन व्यवसाय गैरकानुनी छ । मुलुकी अपराध संहिता २०७४ ले जबरजस्ती करणि, मानव बेचबिखन, यौन शोषण र वेश्यावृत्तिलाइ समेत दण्डनीय अपराध सम्बन्धी ठहर गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ अनुसार जबरजस्ती वा आर्थिक रुपमा शोषण गरी गराइने यौन व्यवसाय अपराध मानिन्छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ ले यौन शोषण गर्ने कार्यलाइ कडा रुपमा दण्डनीय बनाएको छ ।
यौन व्यवसाय संलग्न व्यक्त्तिहरुलाइ प्राय कानुनी सुरक्षाको अभाव हुन्छ । प्रहरी र समाजबाट तिरस्कार उनीहरुको दैनिकी बन्दै आएको छ । तर, विश्वका केहि मुलुकहरुले यौन व्यवसायलाइ नियमन गर्दै कर प्रणालीमा ल्याउने तथा यौनकर्मीहरुको अधिकार सुरक्षित गर्ने नीति अपनाएका छन् । त्यस्तै गरी नेपालले पनि पछिल्लो समय यौन व्यवसायलाइ प्राथमिकता दिने कि भन्ने लगायतका विषयलाइ सभामा खुलस्त रुपमा अभिव्यक्त्ति राखेका छन् ।
विभिन्न पार्टिका व्यक्तिहरुले यौन व्यवसाय लाई प्राथमिकता दिने वा नदिने भन्ने विषयमा आफ्नो आफ्नो अभिव्यक्त्ति प्रस्तुत गर्नु भएको थियो भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत घिमिरेलाइ गालि समेत गरेका थिए ।
यस्ता खालका अभिव्यक्त्तिले समाजलाई झन अराजकता , अनुशासित तर्फ धकेल्नका लागि माननिय ज्यु ज्युहरुको बडो मजाको खेल भइरहेको हुन्छ, जसमा उहाँहरुले अभिभाकत्व निभाउन लाइ देशमा केहि रोजगार लगायत आर्थिक समृद्ध गरी जनताहरु लाइ सहज वातावरण गराउने र समाजमा भइरहेको विकृति लाइ हटाउन सबै दलका नेताहरुले अहम भुमिका खेल्नु त कहाँ छ , अझ यौन व्यवसाय खुलागरी पर्यटन प्रर्वद्धन गनुपर्ने भनी खुलस्त रुपमा अभिव्यक्त्ति प्रस्तुत गर्नु भएको छ ।
यद्यपि, यौन पेशालाइ लिएर विभिन्न कोणबाट वहस भइरहेको छ तर कतिपयले यस्तो पेशालाइ मान्यता दिने र कतिपयले यस्तो पेशालाइ नियन्त्रण र बन्देज गर्ने जस्ता लयायतका आवाजहरु उठाएका छन् । यौन श्रमिकहरुले भने यस विषयलाइ मानव अधिकारको दृष्टिकोणबाट पनि आवाज उठाइरहेका छन् ।
अब यताको अवस्था हेर्दा यौन पेशामा संलग्न यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरुले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरुलाइ लिएर त्यस्तो वर्गहरुलाइ पनि सुरक्षित , स्थिर र सम्मानपुर्वक बाच्न पाउने अधिकार हुनुपर्ने पक्षमा उल्लेख गरेको छ । तर, हाम्रो वर्तमान संविधानले कुनै पनि नागरिकलाइ एकै किसिमको व्यवहार हुने र सम्मानपुर्वक बाच्न पाउने सम्पुर्ण नेपाली नागरिकको हक अधिकार लाइ सुनिश्चित गरेको छ ।
यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारलाई पनि संविधानले व्यवस्था गरेको छ । तर यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्त्तिहरुलाई तिमिले यौन व्यवसायमा संलग्न हौ भनि कुनै पनि त्यस्तो धारा नभएको अवस्था छ । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्त्तिहरुलाइ हाम्रो समाजले हेर्ने नजर फरक दृष्टि भएता पनि पछिल्लो समयमा समाजमा उनिहरुलाइ थुपै्र अन्तर्राष्ट्यि सघं सस्था र गैर सघंसस्थाहरुले समाजमा थुप्रै जनचेतना समेत दिदै आइरहेको छ । स्थानिय , प्रदेश र सघं सरकारले गैर सरोकारवाला निकायहरु सगं सहकार्य गर्दै यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्त्तिहरु र समाज सगं जनचेतना मुलक कार्यक्रम सगै उनिहरुको हक अधिकार सम्बन्धी बहस पैरवी गर्दै आइरहेको छ । यस्तो यौन व्यवसाय गर्ने , यौनकर्मी र यौन इच्छा राख्ने त्यस्ता व्यक्तिहरु लाइ गैर कानुनी बिपरित जाने हर कोही व्यक्त्ति लयायतलाइ खुल्ला रुपमा छाडिनु हुदैन ।
उदारणका लागि मुद्धा
दैलेख जिल्ला घर भइ हाल वीरेन्द्रनगरनगर पालिका वडा नं. १ मा बस्ने पुतलि महिला जसले श्रीमानले छोराछोरीलाइ समेत पैसा नपठाउने र श्रीमान भने भारतमा काम गर्न जाने पैसा भने घर खर्च चलाउनका लागि समेत नपाठउँदा दैनिकि रुपमा परिवार पाल्न समेत हम्मे परेको समयमा उनले केहि विकल्प समेत नहुदा एक नजिकै छिमेकीको घरमा घरायसी कामको लागि काम गर्न जादा घर मालिक पुरुष सगं नै यौन पेशामा दैनिकी रुपमा गुजरा चलाउदै आएको र घर मालिकनी लाइ थाहा नहुने बेला सम्म आफ्ना इच्छा आकांक्षाहरु मालिकले पुरा गर्दै आएको अवस्थामा पछि मालिकनिले समेत आफ्नो श्रीमान र सधै काम गर्न आउने एक महिलालाइ समेत रगें हात प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी परेको थियो ।
यस्ता उदारणका लागि थुप्रै मुद्धाहरु समाजमा छन् , जसमा केहि मुद्धाहरु लुकेका छन् केहि मुद्धाहरु खुले आम छन् । यस्तो प्रकारको घटनाहरुले समाजमा थुप्रै परिवार , समाजमा घटनाहरु घट्दै आएका छन् । केही गैरसरकारी संस्थाहरु ले यौन व्यवसायमा संलग्न व्यक्तिहरुको पुर्नस्थापनाका लागि काम गरिरहेका छन् ।
यहाँ कानुनलाइ थप प्राथमिकता दिनका साथ उल्टो नेपाल जस्तो देशमा केही उपाय नभएर यौन व्यवसायलाइ अझ प्राथमिकता दिने व्यवस्था लागु गर्ने यसले झन महिला जो आर्थिक स्थिति कमजोर भएका परिवार , यौनिक तथा लैगिंक अल्पसख्यकमा परेका व्यक्ति, जो परिवारमा गास, बासँ, कपासको गुजरा समेत काट्न गारो भएको परिवार र महिला नै यस्तो व्यवसायमा गुज्रिनु परेको अवस्था छ । जसले के प्रष्ट पारेको छ भने केहि व्यवसाय गर्न सकेनौ भने तिमि यौन व्यवसाय गरेर पनि आफ्नो गुजारा गर्न सक्छौ भन्ने लगायतको सन्देश दिएको अवस्था छ । यता नेपाल सरकारको तथ्यांकमा हेर्दा यौन श्रमिक महिलाहरु ८६ हजार भन्दा बढी रहेका छन् । यो एक यौन व्यवसाय होइन श्रम हो ।
नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय छ यसलाइ कुन ढगंबाट व्यवस्था गर्न भन्ने तर्फ केहि माननीय ज्युहरुले ध्यान दिनको सट्टा उल्टो कानुनी प्राथिमकता दिन तर्फ जोड दिनु यो गलत हो । यस्तो कृयाकलाप एक बाधयात्मक ढगंमा उनिहरु दिनप्रतिदिन यौन श्रममा लाग्नु परेको छ । स्वच्छाचारीले कसै सगं यौन सम्बन्ध राख्नु र त्यसमा पछि बाध्यत्मक ढगं बाट यौन सम्पर्क राख्नुको हरेक महिला र जो यौन पेशामा लागेको व्यक्तिहरुको आशहय फरक छ । यौन श्रमिकको रुपमा काम गरिरहँदा शोषणमा पनि परेका छन् , उनिहरुको अवस्था दयनिय छ ।
यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन, जो बाध्यत्मक रुपमा आफ्नो दैनिकि गुजाराका लागि यहाँ महिलाहरु , दैनिकि रुपमा यौन श्रमका लागि दिनमा नै प्रत्येक प्रत्येक व्यक्तिहरु सगं फरक सम्बन्धहरु राख्न पर्ने बाध्यात्मक अवस्था छ । यसलाइ व्यवस्थापन गर्न राज्यले नेपालमा व्यवस्थापन गर्ने फरक कानुुन ल्याउन पर्दछ । जो कि यौन व्यवसायको लागि कानुन बनाउने होइन त्यस्तो व्यवसाय नगरि महिला र यौनिक तथा लैगिंक अल्पसख्यकमा परेका व्यक्तिहरुलाइ सिपमुलक तालिमहरु लगायतका कानुनहरु लाइ प्राथमिकताकरण गर्न जरुरी छ ।
यहाँ यौन श्रमिकहरुको बाध्यता के हो भन्ने कुरा स्पष्ट छ हैन र ? कि राज्यले अझ यौन श्रमिकहरुलाइ कुन ढगंबाट यौन व्यवसायमा आउनका लागि उत्प्रेरित जस्ता विषयमा जोड दिन खोजिरहेको त हैन ? यहाँ एउटा वर्गको नाउँमा एक प्रकारको पिडा छ जसमा खुर्सानि नुन हालिरहेको छ , जसमा राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपुर्ण छ ।
अझ पछिल्लो समयमा यौन व्यवसायको तथयाकं अनुसार पुरुष, यौनिक अल्पसख्यकको सख्या २० हजार देखिन्छ । काठमान्डौँ , पोखरा, विराटनगर,नेपालगंञ्ज जस्ता ठुला शहरहरुमा यौन व्यवसाय हुन्छ भने, डान्स बार, मसाज पार्लर , होटल, दोहोरी साझँहरु, तथा सडकमा समेत यौन सेवा लिने दिने गतिविधिहरु बढ्दो देखिन्छ । यस्तो अवस्थाले उनीहरुको स्वास्थ्य अवस्था लयायतका चुनौतीहरु उत्तिकै छन् ।
तसर्थ नेपालमा यौन व्यवसाय गैरकानुनी भएता पनि गोप्य रुपमा चल्दै आएको छ । राज्यले यसलाइ गैरकानुनी कार्य हो भनि व्याख्या गरि सके पश्चात कानुनको सहि ढगंबाट मर्यादित रुपमा लागु नगर्नु राज्यको अर्को कमजोरी हो यसलाइ यौन श्रममा लागेको व्यक्त्तिको आफ्नै केहि मतभेद बाध्यात्मक परिस्थिति होला त्यो विषयमा राज्यको चिन्ता देखिन्छ त ? यस्तो व्यक्तिहरुको संलग्नतामा सुरक्षाको सुनिश्चितता गर्न सेकेको छैन । यस्तो अवस्थामा, कानुनी मान्यता दिने वा नदिने विषयभन्दा पनि राज्यले यसलाई नियन्त्रण, पुनस्र्थापना, र असर न्युनिकरण गर्ने दिशाामा ठोस नीति ल्याउनु आवश्यक देखिन्छ ।
नेपालको सामाजिक संरचना , नैतिक मुल्य र सास्कृतिक मान्यताहरुलाइ हेर्दा यौन व्यवसायलाइ वैधानिकता दिनु विवादस्पद हुन सक्ने सम्भावना छ । नैतिक र पारिवारिक प्रभाव यदि वैधानिकता दिइयो भने पारिवारिक संरचना असर पार्न सक्छ र समाजमा नैतिक बिचलनको बहस हुन सक्छ । नेपाल जस्तो सीमित श्रोत साधन भएको मुलुकहरुमा कानुनी मान्यता पाएमा जबरजस्ती र मानव बेचबिखन झन् बढ्न सक्ने सम्भावना रहन्छ । समाजमा आर्थिक अवस्था कमजोर भएका वर्गहरु, महिलाहरु नै अझ बढी शोषणमा पर्ने सम्भावना देखिन्छ ।
नेपालमा यौन व्यवसाय कानुनी रुपमा मान्यता दिन कठिन छ , तर यसलाइ नियमन र पुर्नस्थापना नगरी छाड्नु पनि समाधान होइन । राज्यले कानुनी कारबाही मात्र होइन, आर्थिक र सामाजिक पुनस्थापनाका उपायहरु अपनाएर यौन व्यवसायमा संलग्न व्यक्तिहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउने नीति अवलम्बन गनुपर्छ ।