रुपन्देही । रुपन्देहीको सदरमुकाम भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकल हलहरुमा अनुगमन गरेको छ ।
नगर उपप्रमुख उमा अधीकारीको नेतृत्वमा बैंकरोड र भिम अस्पताल लाइनमा रहेका औषधि पसल, ल्याब, तथा मेडिकल हलहरुमा अनुगमन गरिएको हो । अनुुगमनको क्रममा अधिकांश औषधि पसलहरु नरपालिकामा नवीकरण नरिएको पाइएको छ ।
त्यस्ता पसलहरुलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा थप कारबाही गरिने उपप्रमुख अधीकारीले जानकारी दिइन् । त्यस्तै म्याद गुज्रिएका औषधिहरु छुट्टै राख्नुुपर्ने, ल्याबहरुको सफाइमा ध्यान दिनुुपर्ने, औषधि बिक्री गरेपछि अनिवार्य रुपमा बिल काट्नुुपर्ने लगायतका सुुझावहरु दिइएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गीता न्यौपानेले बताइन् ।
उनले नगगरपालिकाले नियमित अनुुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए नभएको समेत हेर्ने बताइन् । नगर उपप्रमुख अधिकारी, वडा नं ५ का वडाध्यक्ष पुुरनप्रसाद श्रेष्ठ, वडा नं १३ का वडाध्यक्ष सोमबहादुुर गुुरुङ, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका सदस्य उमेशचन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य एवं राजस्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, शिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, बिराट मेडिकल, एभरेस्ट फार्मेसी, अर्घा मेडिकल हल, सेन्ट्रल फार्मेसी, बुद्ध एक्सरे, शाही अल्ट्रासाउन्ड, शारदा अल्ट्रासाउन्ड, ओअ प्याथोलोजी लगायतमा अनुगमन गरेको थियो ।