ललितपुर, २७ साउन । गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको शव सुटकेसमा भेटिएको थियो । बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई हिजो सोमबार प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।
आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । उनले कृष्णबहादुरसँग सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गरेको प्रहरीको अनुसन्धाबाट खुल्न आएको छ ।
आरोपित कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी गर्दै आएकि छिन् ।
‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीले बयान दिएकी छन् । हत्या अनुसन्धानमा गर्ने क्रममा ‘शव व्यवस्थापन गर्न उनकी १६ वर्षीया छोरीले सहयोग गरेको उनको बयानमा खुलेको छ ।’
कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ । मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।
प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दावु बरामद गरेको छ । ह्यामर र दावु खाटमुनी फेला परेको थियो । आइतबार विहान गोंगबु गणेशस्थान नजिक उनले बोहराको शव र टाउको फालेको ठाउमा प्रहरी पुग्यो । दिनभर त्यो क्षेत्रमा ठूलो संख्यामा प्रहरी घुमिरहेको थियो ।
त्यो दृश्य चुपचाप हेरिरहेकी कल्पना साँझ एम्बुलेन्स बोलाएर चितवन लागिन् । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको छ ।कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको ।
र याे पनि हेराै