ललितपुर, २२ साउन । आज बिहीबार कोरोनाभाइरसबाट थप ३६० जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या सरकारी तथ्याङ्क अनुसार ६५ पुगेको छ । मृत्यु हुनेमा आज एकै दिन कोरोनाबाट पाँच जनाको ज्यान गएको छ ।आजसम्म देशभर सक्रिय कोरोना संक्रमित व्यक्तिहरुको सङ्ख्या ६,२९६ रहेको मन्त्रालयलु जनाएको छ ।
त्यस्तै आज काडमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६, भक्तपुरमा १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमणकोदर बढ्न थालेपछि सरकारले सुरक्षाका विधिहरु अनिवार्य पालना गर्न भन्दै आईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले अहिलेकै जसरी कोरोना संक्रमित बढ्दैगएमा नेपालका स्वास्थ्य संस्थाहरुले धान्न मुस्किल हुने बताएका छन् ।
उनले छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गरेका छन् । काठमाडौंमा पनि कोरोना संक्रमण वृद्धि भइरहेको भन्दै उनले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको बताएका छन् । औषधि र भेन्टिलेटरले उपचारमा सहयोग मात्र गर्ने हो, संक्रमण बढ्दै गएमा स्वास्थ्य सस्थाले धान्न नसक्ने उनले बताए । मन्त्रालयले भारतीय सीमासँग जोडिएका जिल्लाहरूमा संक्रमण बढेको भन्दै ती ठाउँहरुमा सम्बन्धित निकायलाई सावधानी अपनाउन अपिल गरेको छ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। सो अवधिमा २३३जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ। अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ। अहिले देशभरि विभिन्न स्थानमा ९,४७० मानिसहरू क्वारन्टीनमा छन्।
दिन प्रति दिन संक्रमितको संख्या बढ्दै जादा अहिले नै स्वास्थ्य संस्थामा बेड र आईसोलेसनको अभाव देखिन थालेको छ । हाल सक्रिय संक्रमितको संख्या छ हजार आसपासमा हुँदा नै सरकारले अस्पतालले धान्न नसक्ने बताईसकेको छ । भुषको आगो जसरी फैलिएको यो कोरोना माहामारी दिनप्रतिदिन बढिरहेको बेला भोलीको दिनमा यो माहामारीले कस्तो रुप ल्याउला, त्यसैले अत्यावस्यक काममा बाहेक अरुबेला बाहिर ननिस्कउ र सावधानी अपनाऔं ।
र याे पनि हेराैं