ललितपुर, २१ साउन । नेपालका विभिन्न स्थानमा थप ३८१ जनामा कोभिड–१९ पुष्टि भएको छ । योसंगै थप दुई जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रस ब्रिफिङ मार्पmत प्रवत्ता डा. जागेस्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै काठमाडौंमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको । आज बुुधवार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ५७ र ललितपुरमा ५ जना भेटिएका हुन् ।
यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेसङ्ख्या ६० पुगेको छ। यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,३९० पुगेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,१७४ छ।
कोरोना सङ्क्रमणबाट पर्सामा मृत्यु भएका व्यक्ति वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुष रहेका छन्। उनको बुधवार बिहान मृत्यु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिएका छन् ।
साउन १८ गते पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएका ती पुरुषमा साउन १९ गते कोभिड–१९ पुष्टि भएको थियो। मधुमेहका रोगी रहेका उनलाई खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
पर्सामा बुधवार १५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये नारायणी अस्पतालको प्रयोगशालामा १४७ जना, काठमाण्डूमा दुई जना र भक्तपुरमा एक जना भएको डा. गौतमले बताए।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १७ जना बारा सिमरा क्वारेन्टिनमा बसेका, वीरगञ्ज कारागारका प्रमुखसहित कैदीबन्दी एवम् कर्मचारी रहेको मेडीकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन्।
कारागारका २७ जना लगायत प्रहरी, सैनिक र महानगरपालिका कर्मचारी रहेको उनले बताए। सङ्क्रमितहरूमा ५ वर्षको बालकदेखि ७४ वर्षका वृद्धसम्म रहेका उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार हाल पर्सामा सङ्क्रमितको सङ्ख्या ७०० भन्दा माथि पुगेको छ ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,३५९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। सो अवधिमा १३० जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ। अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ। अहिले देशभरि विभिन्न स्थानमा ९,९२५ मानिसहरू क्वारन्टीनमा छन्।