ललितपुर, १४ साउन । नेकपा (क्रान्त्किारी माओवादी)का नेता सीपी गजुरेलले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाए दुर्घटना हुने बताएका छन् । प्रधानमन्त्रिबाट हटाउँदैमा मुलुकमा अहिले देखिएको समस्या समाधान नहुने उनले बताए ।
संवाद क्लव नेपालले गरेको अन्तरसंवादमा नेता गजुरेलले प्रधानमन्त्रीले राजीनामा गर्दैमा मुलुक र राजनीतिमा अहिले देखिएको समस्या हल नहुने बताउउनु भएको हो ।
‘प्रधानमन्त्रीबाट ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्रहरु प्रचण्ड, माधव नेपाल र शेरबहादुरलाई ल्याउँदैमा समस्या समाधान हुँदैन’ उनले भने, अहिलेको अवस्थामा ओलीलाई प्रधानमन्त्रीबाट हटाए राजनीति दुर्घटनाको बाटोमा जान्छ । अहिलेको संकट प्रधानमन्त्री ओलीले ल्याएको होइन । यसमा ओलीको दोष छैन । ’
अब राज्य संचालन गर्ने पात्र फेर्ने भन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको उहाँको भनाई छ । ‘अहिलेकै राज्य व्यवस्था ल्याउनकै लागि हामीले जनयुद्ध गरेका होइनौ’ उहाँले भन्नुभयो, ‘हामी जनगणतन्त्रको लागि गरेको लडेका हौं । विगतको राज्य व्यवस्था र अहिलेको राज्य व्यवस्थामा फरक छैन ।’
जनताले नेकपालाई बहुमत दिएर सत्तामा पठाए पनि जनचाहना अनुसार काम हुन नसकेको उहाँको भनाई छ । नेता गजुरेलले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउने बताउनु भयो ।
‘एमसीसी राष्ट्रियहित विपरीत छ’ उहाँले भन्नुभयो, ‘अमेरिकी सेनालाई चीनसँग लडन नेपाली भूमि दिने खेल भरहेको छ ।’ नेता गजुरेलले सर्वोच्च अदालतले जन्मकैदमा सजाय छुट दिएर अपराधीलाई प्रोत्साहन गरेको आरोप समेत लगाउनु भयो