ललितपुर, १३ साउन । कोरोना महामारीसंगै आकासिएको सुनको मूल्य आज सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । मंगलबार आज प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
संघका अनुसार हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ७ सय रुपैयाँले बढेर अहिले सम्मकै महँगो मूल्यमा कारोवार भएको हो ।
यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ । संघका अनुसार निकट भविष्यमा सुनको मुल्य प्रति तोला एक लाख रुपैया नाघ्ने अनुमान गरीएको छ । कोरोना भाईरस (कोभिड–१९) को कारण संसारका सबै मुलुकमा आर्थिक मन्दी देखिएपछि सुरक्षित लगानीको खोजी गर्ने सबैको ध्यान सुनमा परेको छ ।
लगानीकर्ताको चर्को मागका कारण सुनको मूल्य दैनिक उकालो लागिरहेको छ । सुनलाई विश्वमै सबैभन्दा सुरक्षित लगानीको उपकरण मानिन्छ । अहिले कोभिडका कारण अर्थतन्त्रका प्रायः सबै क्षेत्र डामाडोल अवस्थामा रहेका छन् । कोभिडको समस्या तत्काल समाधान हुने कुनै लक्षण देखिएको छैन ।
‘नेपाली बजारमा पनि सुन तोलाको एक लाख रुपैयाँमाथि पुग्ने अनुमान गरिएको छ । कोरोनाको असर निरन्तर जारी रहे सुनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ । सुनको मूल्य बढ्नुमा प्रमुख कारण कोभिडले विश्व अर्थतन्त्रमा पारेको समस्या नै हो ।
यसका अन्य सहायक कारण पनि छन्। विश्वभरका लगानीकर्ताले सुनलाई सम्पत्ति मान्छन्। राजनीतिक अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ताले सुनमा लगानी बढाउँछन्। उद्योगधन्दा, सेयर बजार, घरजग्गा कारोबारलगायतका अन्य क्षेत्र अनिश्चित छन्।
यो पनि पढौं
हात्तिवनको ओरालोमा सडक भासियो(भिडियो सहित)
लगातारको वर्षाले राजमार्गको कन्त बिजोग
मुग्लिन–नौबिसे सडकखण्ड खुलाउने काम तीव्र (भिडियो सहित)
लकडाउन हट्यो तर प्रभाव कायमै