सर्लाही, पुस ०४ । सर्लाहीको ईश्वरपुर स्थित बयलबास बजारमा मुख्य कार्यालय रहेको चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७९/८० को अवधिमा गरेको कारोबारबाट कुल एक करोड, ७ लाख, ७३ हजार ४सय ७८ रुपैँया २९ पैसा मुनाफा गर्न सफल भएको छ । संस्थाको मंगलबार ईश्वरपुरमा सम्पन्न २०औं वार्षिक साधारण सभा एवं २२औं स्थापना दिवशको अवशरमा सो जानकारी दिईएको हो ।
संस्थाको बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत भरत साहले सर्लाहीका पाँचवटा सेवाकेन्द्र मार्फत आर्थिक बर्ष २०७९/८० मा ५८ करोड, ६८ लाख, २७ हजार, २ सय ४५ रुपैँया ३० पैसाको कारोबार गरेर सो मुनाफा आर्जन गरेको हो । संस्थाले सो अवधिमा २४ करोड, ५३ लाख, ६२ हजार, एकसय ३७ रुपैँया ७० पैसा निक्षेप संकलन गरी ४७ करोड, ९९ लाख, ५७ हजार, तिनसय ७७ रुपौँया ९३ पैसा लगानी गरको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ईश्वरपुरमा मुख्य कार्यालय सहितको सेवाकेन्द्र तथा मलंगवा, गोडैता, बरहथवा, फारी पर्सा गरि पाँचवटा सेवाकेन्द्र रहेको संस्थाको नौ हजार, तिन सय ८२ महिला, पाँच सय ८६ पुरुष तथा संस्थागत ६ गरि कुल नौ हजार, नौ सय ७४ शेयर सदस्य छन् भने ६ करोड, २९ लाख, चार हजार ७ सय शेयरपुँजी रहेको छ । संस्थाले सामाजिक शुरक्षा कार्यक्रम अन्तर्गत सो आवमा २९६ जना सदस्यलाई कुल ४५ लाख, ४५ हजार एक सय ९२ रुपैँया रकम वितरण गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चालु आवदेखि ‘एक घर, एक उद्यमी’ कार्यक्रम मार्फत अगाडि बढ्ने जानकारी दिदै कार्यक्रममा यसअघिबाट संचालन भएका ‘शौचालयमा पानी’ ‘बेटी बचाउ, बेटी पढाउ’ ‘एक घर, एक रोजगारी’ ‘शुन्य कार्वन उत्सर्जन’ ‘तीन शुन्य क्लव’ लगायत ‘ईको भिलेज स्थापना’ ‘ग्रिन सपको स्थापना’ अभियान तथा ‘बाल बचत देखि लखपती बचत’ लगायतका कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको अवशरमा संस्थाले शंकरमान श्रेष्ठ पुरस्कार सफल उद्यमी तथा हरिपुर नगरपालिकाका पुर्व प्रमुख जमरुद्धिन मन्सुर, चमेली सहकारी पत्रकारिता पुरस्कार सर्लाही दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक डुकुप्रसाद कोईराला, उत्कृष्ठ केन्द्र पुरस्कार मलंगवा केन्द्रलाई प्रदान गरेको छ भने २१ जना उत्कृष्ठ उद्यमी पुरस्कार प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष रामप्रताप साहको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै सर्लाही क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य रामप्रकाश चौधरीले सानो पुँजीबाट ब्यवसाय गर्न सहकारीको ठुलो भुमिका रहेको उल्लेखगर्दै सहकारी मार्फतनै गरिवी न्युनिकरण हुनसक्ने बताए । त्यस्तै संघिय सांसद चन्दा कुमारी चौधरीले स्थानिय समाग्रीको बजारीकरण, बालविवाहको अन्त्य तथा शिपमुलक कार्य गर्दै बचत गर्ने बानीलेमात्र मानिसमा समृद्धि आउने उल्लेख गरिन् । कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्यले संस्थालाई आवश्यक परेको सहयोग गर्दै उद्यमको कार्यमा सहकार्य गरिने बताए ।
संस्थाले यसअघि मंसिर २८ मा मलंगवा र पर्सा सेवाकेन्द्रको मलंगवामा प्रदेश सांसद कौशल किशोर राय, मंसिर ३० गते गोडैता सेवाकेन्द्रको कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, पुस १ गते बरहथवा सेवाकेन्द्रमा प्रदेश सांसद जवाहरलाल कुशवाहाको प्रमुख आतित्थ्यमा सम्पन्न गरिएको थियो । संस्थाका लेखा संयोजक मेनकुमार गौतमद्धारा चारवटै कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा पत्रकारिता पुरस्कार ग्रहणगर्दै पत्रकार कोईराला ।