ललितपुर, ११ जेठ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ३ः५० बजे दिउँसोदेखि मंगलबार बिहान ६ः३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकलका अनुसार मृतक मध्ये ५ जना बाँके, ३ जना दाङ र २ जना बर्दियाका छन् ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत बैजनाथ गाउँपालिका– ४ बाँकेका ३८ वर्षीया महिलाको सोमबार दिउँसो ३ः५० बजे र कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको सोमबार साँझ ६ बजे मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१८ की ८५ वर्षीया महिलाको सोमबार साँझ ६ः२० बजे, कोहलपुर नगरपालिका–१० बाँकेकै ७१ वर्षीय पुरूषको मंगलबार विहान ५ः४० बजे र खजुरा गाउँपालिका–४ बाँकेकी ३२ वर्षीया महिलाको मंगलबार विहान ६ः३० बजे मृत्यु भएको छ ।
यस्तै भेरी अस्पतालमै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–८ दाङका ५६ वर्षीय पुरूषको सोमबार दिउँसो ४ः३० बजे र तुलसीपुर उपमहानगरपालिका–१२ दाङकी ४० वर्षीया महिलाको सोमबार राति ९ः१० बजे मृत्यु भएको छ भने घोराही उपमहानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार विहान २ः १५ बजे मृत्यु भएको छ ।
यस्तै बाँसगढी नगरपालिका–३ बर्दियाका ६५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–६ बर्दियाकी ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः३० बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २७९ पुगेको छ भने अन्य जिल्ला बाहिरका २५१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।