ललितपुर, १० पुस । प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आजबाट सडक आन्दोलन चर्काउने भएको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष आज शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो ।
त्यसक्रममा १० बजे माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजै संसद विघटनविरुद्ध परेका निवेदनको सुनुवाइ हुँदैछ ।
संविधानविपरित संसद विघटन गरेको भन्दै सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिनुपर्ने सो प्रचण्ड माधव पक्षका कानुन व्यवसायीको माग छ । यसैगरी शुक्रबारै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।
विभाजनसँगै नेकपा प्रचण्ड माधव पक्षको हुने वा केपी ओली पक्षको भन्ने प्रश्न उठ्न पुगेको छ । दुवै पक्षले आफुलाई आधिकारिक भएको बताउँदै आएका छन् । यद्यपि नेकपा गठन हुँदाको मौजुदा केन्द्रीय समितिका बहुमत सदस्यहरु प्रचण्ड माधव पक्षमा छन् । उनीहरुले त्यसको प्रमाण निर्वाचन आयोगमा पेश गरिसकेका छन् ।
सर्वोच्च अदालत र निर्वाचन आयोग पुगेपछि आजै अपरान्ह २ बजे अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कार्की व्याङ्क्वेट थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गर्ने छन् ।
प्रचण्ड–माधव पक्षको बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन पनि गरेको छ ।
जसअनुसार पुस १० गते ९ः३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरूलगायत माइतीघर मण्डलमा जम्मा भएर १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ । त्यसपछि दिउँसो २ बजे कार्की क्याङ्क्वेटमा पत्रकार सम्मेलन गरिने छ ।
संघर्षका कार्यक्रमअनुसार एक साताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने र १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक भएका छन् । पुस १२ गते ७७ जिल्लाको भेला र बैठक पछि १४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरुद्ध प्रदर्शन गर्ने यो समुहको तयारी छ ।
केन्द्रबाट सुरु भएको प्रचण्ड माधव नेपाल पक्षको संघर्ष स्थानीय तहसम्मै लैजाने तयारी छ । जसमा पुस २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने र २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक भएका छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई धु्रवमा विभाजित भएको हो । संसद विघटनको बचाउ गर्दै प्रधानमन्त्री ओलीले एक पक्षको नेतृत्व गरेका छन् भने त्यसको विरोधमा उत्रिएको प्रचण्ड माधव पक्षले असंवैधानिक कदम खारेज हुनुपर्ने भन्दै छुट्टाछुट्ै बैठक र कार्यक्रम सार्वजनिक गरिसकेको रातोपाटिले लेखेको छ ।
र याे पनि हेराै
आज थपिए ६ सय १३ जना संक्रमित, थप ५ जनाको मृत्यु
काठमाडौंमा थप २४४ जनामा कोरोना संक्रमण
दाहाल–नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे
ओली समूहको बैठकमा पुगे बादल