२२ महिना अघि प्रहरी प्रमुखको जिम्मेवारी थाल्दा सर्वेन्द्र खनालसँग धेरै चुनौतीहरु थिए । योजनाबद्ध रुपमा हुँदै आएका संगठित अपराध र त्यसलाई राजनीतिक आवरणमा गुपचुप राख्ने प्रवृत्ति व्यापक थियो । अर्कातिर टोले गुण्डाहरुको उस्तै विगविगी थियो ।
यस्तोमा आइजीपी भएका सर्वेन्द्रबाट स्वभाविक रुपमा मानिसहरुले अपराध नियन्त्रणको आसा गरेका थिए । आफ्नो २२ महिने कार्यकाल पुरा गरेर आजका मितिदेखि सर्वेन्द्र अवकाश जीवन बाँच्दैछन् । कस्तो रह्यो त उनको यो अवधि ? कति पुरा भए जन आकांक्षा ? सरसर्ती हेर्दा सर्वाेन्द्रको यो कार्यकाल नेपाल प्रहरीका लागि धेरै हिसाबले उल्लेखनीय रहेको देखिन्छ ।
आउनु हो्स्, उनका केही कामको स्मरण गरौं
बाह्र वर्षदेखि अल्झेर बसेको, अझ प्रहरी अधिकारीहरुकै संरक्षणमा हत्यारालाई उन्मुक्ती मिलेको रौतहटको जटिल अफताब काण्ड जनस्मृतिमा हालैका केही महिना अंकित रहन पुग्यो । कारण थियो, नेपाल प्रहरीले हत्या अभियुक्त मोहम्महद अफताब आलमविरुद्ध थालेको अनुसन्धान र उनको पक्राउ । ठूलो राजनीतिक संलग्नतामा अपराध कर्म गर्दे आएका आलमलाई पक्रेर अनुसन्धान गरी मुद्दा चलाउँनु नेपाल प्रहरीको व्यवसायिकतामा त वृद्धी भयो नै, राज्यमाथि गुम्दै गएको भरोसा पनि पलायो । अपराध गर्नेलाई प्रहरीले छाड्दैन भन्ने सन्देश दिन त्यसै समयमा रोशनी काण्डमा कृष्णबहादुर महरालाई पक्राउ गरी हिरासतमा लिनु पनि अर्काे उल्लेखनीय कदम हुन पुग्यो । सानालाई ऐन ठूलालाई चैन भन्ने कहावतलाई यस घटनाबट पनि सर्वेन्द्रले फिका पारिदिए ।
सर्वेन्द्रको नेतृत्वमा नेपाल प्रहरीले वर्षाैंदेखि सुल्झिन नसकेका जघन्य अपराधका घटनालाई पनि सुल्झाउन सफल भयो । अफ्ताव काण्डपछि त्यसको अर्काे उदाहरण हो दिपक हेमकार हत्याकाण्ड । झण्डै १४ वर्षअघि २०६२ फागुन २३ गते नेपालका गहना पसले दीपक हेमकारसहित ५ जनाको घाँटी रेटी हत्या भएको थियो । तर, हत्यारा भने पक्राउ पर्न सकेका थिएनन् । त्यतिबेला मुटु नै कपाँउने गरी त्रास फैलाएको त्यस हत्याकाण्ड विस्तारै जनस्मृतिबाट हराइसकेको थियो । प्रहरीले पुरानो फाइल पल्टाएर फरार अभियुक्त भारतीय नागरिक किशोरीलाल सोनीलाई २०७५ भदौ १३ गते पक्राउ गरेर मुद्दा चलाएरै छाड्यो । अहिले उनी पुपक्र्षका लागि थुनामा छन् । यो पनि सर्वेन्द्र खनालले प्रमुख प्रहरीका हैसियतले हासिले गरेको अर्काे महत्वपूर्ण उपलब्धी थियो ।
पुराना अपराधका मुद्दामा यस्तै अर्काे सफलता उनलाई भक्तमान श्रेष्ठको अपहरणकारीलाई पक्राउ गरेर पनि मिलेको छ । चितवनका डा. भक्तमानलाई फिरौती लिएपछि २०६७ जेठ २२ गते धादिङबाट अपहरण हुक्त गरिदिएका अभियुक्त मध्ये फरार रहेका गोपाल योञ्जन । प्रहरीले उनलाई २०७६ पुस ३ गते पक्राउ गरी कारागार चलान गरेको छ । यो पनि प्रहरीको उल्लेख्य काम हो । पूर्वरादूत केशव झाको हत्यामा संलग्न उनकै भान्छे सानु कान्छा तामाङलाई पक्राउ गरी मुद्दा चलाउने काम पनि प्रहरीले सफलतापूर्व ग¥यो ।
त्यस्तै, झापामा १९ वर्ष अघि भएको बलात्कार घटनाका फरार प्रतिवादी पनि सर्वेन्द्रकै पालामा पक्राउ परे । जटिल अपराध मानिने मध्येको एक हो एटिएम ह्याकिङ । काठमाडौं दरबारमार्गका एटिएमहरुबाट करोडौं चोरी गर्ने पाँच चिनियाँ नागरिकहरुलाई प्रहरीले कुशलतापूर्वक पक्राउ गरी मुद्दा चलायो । त्यस्तै चिनिया नागरिकहरु १२२ जनाको संख्यामा नेपालमा गैरकानूनी रुपमा बसोबास गरी साइबर अपराध गर्दै आएको घटनालाई पनि प्रहरीले चुस्त अनुसन्धान गरी चीन फिर्ता पठाउने काममा पनि सर्वेन्द्रको नेतृत्वलाई सफलता मिल्यो । आजको जमानामा पनि राणाकालमा झैं चर्काे व्याज स्याज असुलेर पुरै गाउँलाई नै पिरोल्दै आएका सर्लाहीका सामन्त कृष्ण साहलाई पक्राउ गरेर मुद्दा चलाउने निर्णय पनि नेपाल प्रहरीले सर्वेन्द्रकै आदेश बमोजिम गरेको थियो । त्यस्तै गृहमन्त्रीका भाईलाई समेत पक्राउ गरी थुन्ने कामसमेत सर्वाेन्द्रले गरे ।
यी केही उदाहरण मात्र हुन् नेपाल प्रहरी सर्वेन्द्र खनालको कार्यकालमा गरेका कामका । प्रहरी नेतृत्व सक्षम र निडर भयो भने अपराधलाई नियन्त्रण र अपराधीलाई सजाय गर्न निकै सघाउ पुग्छ भन्ने उक्तीलाई खनालले आफ्नो कार्यकालमा चरितार्थ पारेका छन् ।
प्रहरी संगठनमा ३० वर्ष बिताएको खनाल सदैब केही गर्न खोज्ने एक उत्साही युवाका रुपमा जनमानसमा चिनिइरहे । वीरगञ्जमा तस्करी रोक्ने कुरामा होस् कि फुटबलमा हुने म्याच फिक्सिङको जालो ध्वस्त पार्न होस्, सर्वेन्द्रले सँधै नै अग्रभूमिका निर्वाह गरे । कममसल मिटर जडान गरी थोरै परिमाणमा तेल बेच्ने नाफाखोर साहुजीदेखि ठूलठूला सपना देखाएर लाखौं रुपैया“ कमिसन असुल्दै नेपाली युवालाई विदेशीका हातमा बेच्ने शैक्षिक परामर्शदाता नामका छद्म मानव तस्कर हुन्, सबैलाई सर्वेन्द्रले कानूनको पाठ पढाए । कुनै समय समाजका आतंक बनेका गुण्डा नाइकेहरु चरी, घैंटे इत्यादिको सातो मात्रै होइन, इन्काउन्टरमै उनीहरुको ज्यान लिएर गुण्डागर्दी गर्नेहरुलाई उनले सन्देश दिए, अब मुलुकमा आतंक चल्दैन ।
प्रहरी प्रमुख भएपछि उनले सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम आफैंमा एक नमुनाका रुपमा अघि बढिरहेको छ । सडक, वस विसौनी लगातय सार्वजनिक आवागमनका ठाउँमा सिसि क्यामेरा जडान गरेर अपराध नियन्त्रणमा उल्लेख्य सुधार गर्न सफल सर्वेन्द्रले प्रहरी भित्र हुने भ्रष्टाचारको नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरे । यसपाली महालेखाको प्रतिवेदनमा सबभन्दा बढी आर्थिक विवरण स्पष्ट भएको पहिलो संस्था नेपाल प्रहरी भएबाटै यसको पुष्ठि हुन्छ ।
यसरी, अपराध नियन्त्रणमा मात्रै होइन, संगठन सञ्चालनमा पनि दबंग शैली कायमै राख्न कामयाव सर्वेन्द्रको ३० वर्षे कार्यकाल आज पुरा हुँदैछ । युवा अवस्थामै अवकाश पाउन लागेका सर्वेन्द्रको जोस, जाँगर र समाजका लागि केही गर्नु पर्छ भन्ने भावले भने अवकाश नपाओस् । युवाहरुमाझ एक सुधारक प्रहरी भनेर चिनिएका उनको छवि अवकाश जीवनपछि पनि त्यस्तै रहिरहोस् । जागिर छाडेपछि अधिकांश उच्च पदस्तको जीवन खानपिन, घुमघाम र पप्लु खेलेर बित्ने गरेको छ । त्यसमा सर्वेन्द अवश्यै मिसिने छैनन् । राज्यले पनि उनको उत्साह, कौशल र निडरपनको भरपुर उपयोग गर्न सकोस् । शुभेच्छा !