एजेन्सी
कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार वासिंगटनमा थप ४ जनाको मृत्यु भएको हो ।
सियाटल र किंग काउन्टी जनस्वास्थ्य विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनले सोमबार पत्रकार सम्मेलन गर्दै संक्रमणको दर बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन् । वासिंगटन राज्यमा मात्रै ६ जनाको मृत्यु भएको हो भने १८ जनामा संक्रमण भेटिएको छ । शनिबार पहिलो पटक कोभिड–१९ बाट अमेरिकामा मृत्यु भएपछि वासिंगटनका गभर्नर जे इन्स्लीले राज्यमा संकटकालको घोषणा गरेका थिए ।
अमेरिकाका विभिन्न १० राज्यमा कोभिड–१९ को संक्रमण देखिएको पुष्टि भएको छ । अमेरिकाका वासिंगटन, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको छ । अमेरिकामा कोभिड–१९ संक्रमण बढ्दै गएपछि अतिप्रभावित मुलुकको यात्रा तथा विदेशीहरुको आगमनमा प्रतिबन्ध लगाइएको छ ।
चीनमा घट्दै, अन्त बढ्दै
विश्व स्वास्थ्य संगठनले पछिल्लो २४ घण्टामा चीनबाहिर ९ गुणाले संक्रमण बढेको जानकारी दिएको छ । साउदी अरेबिया, जोर्डन ट्युनिसियाले सोमबार पहिलो संक्रमणको पुष्टि गरेका छन् ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार भने पछिल्लो समय चीनमा संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको छ । सोमबार थप १२५ जनामा मात्रै कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य आयोगले जानकारी दिएको छ । आइतबार २०२ जनामा संक्रमण देखिएको थियो । त्यस्तै सोमबार थप ३२ जनाको मृत्यु भएको स्वास्थ्य आयोगले जनाएको छ ।
मंगलबार बिहानसम्म चीनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४४ पुगेको छ । त्यस्तै ८० हजार एक सय ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४७ हजार निको भएको र ६ हजार ८ सय ६ जना गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
इटाली र इरानमा पनि संक्रमण बढ्दै
चीनबाहिर कोभिड–१९ का कारण सबैभन्दा बढी इरानमा ६६ पुगेको छ । मंगलबार बिहानसम्म इरानमा संक्रमितको संख्या एक हजार ५ सय १ पुगेको छ ।
त्यस्तै युरोपेली मुलुकमा इटालीमा ५२ जनाको मृत्यु भएको छ भने दुई हजार ३६ जनामा संक्रमण देखिएको छ ।चीनबाहिर सबैभन्दा बढी संक्रमण भने दक्षिण कोरियामा देखिएको छ । मंगलबार बिहानसम्म दक्षिण कोरियामा ४ हजार ८ सय १२ जनामा संक्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ ।
त्यस्तै जापानमा १३ जना(डायमन्ड प्रिन्सेस पानीजहाजमा ७) को मृत्यु भएको छ । पानीजहाजमा ७०५ समेत गरी जापानमा ९ सय ७९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै फ्रान्समा ३, हङकङमा २, थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।
विश्वका विभिन्न ७६ देशमा गरी मंगलबार बिहानसम्म ९० हजार भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको छ भने ३ हजार एक सय २५ जनाको मृत्यु भएको छ । ४८ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
कहाँ कति मृत्यु, कति संक्रमित ?
देश |
मृत्यु हुनेको संख्या |
संक्रमितको संख्या |
चीन |
२९४४ |
८०,१५१ |
दक्षिण कोरिया |
३४ |
४,८१२ |
इरान |
६६ |
१,५०१ |
इटाली |
५२ |
२,०३६ |
जापान (पानीजहाजसमेत) |
१३ |
९७९ |
अमेरिका |
६ |
१०० |
फ्रान्स |
३ |
१९१ |
जर्मनी |
- |
१६५ |
स्पेन |
- |
१२० |
सिंगापुर |
- |
१०८ |
हङकङ |
२ |
१०० |
कुवेत |
- |
५६ |
बहराइन |
|
४९ |
थाइल्यान्ड |
१ |
४३ |
ताइवान |
१ |
४१ |
बेलायत |
|
४० |
अस्ट्रेलिया |
१ |
३३ |
स्विजरल्यान्ड |
- |
३० |
मलेसिया |
- |
२९ |
क्यानडा |
- |
२७
|
इराक |
- |
२६
|
नर्वे |
- |
२५
|
यूएई |
- |
२१
|
अस्ट्रिया |
- |
१८
|
नदेरल्यान्ड्स |
- |
१८
|
भियतनाम |
- |
१६
|
स्विडेन |
- |
१५
|
लेबनान |
- |
१३
|
इजरायल |
- |
१२
|
मकाओ |
- |
१०
|
आइसल्यान्ड
|
- |
९
|
सान मारिनो |
१ |
८
|
बेल्जियम
|
- |
८
|
क्रोएसिया |
- |
८
|
फिन्ल्यान्ड |
- |
७
|
ग्रीस |
- |
७
|
कतार |
- |
७
|
इक्वेडर |
- |
६
|
भारत |
- |
६
|
मेक्सिको |
- |
६
|
ओमान |
- |
६
|
अल्जेरिया |
- |
५
|
चेक गणतन्त्र |
- |
४
|
डेनमार्क |
- |
४
|
पाकिस्तान
|
- |
४
|
फिलिपिन्स
|
१ |
३
|
अजरबैजान
|
- |
३
|
जर्जिया
|
- |
३
|
रोमानिया
|
- |
३
|
रुस
|
- |
३
|
ब्राजिल
|
- |
२
|
इजिप्ट
|
- |
२
|
इन्डोनेसिया
|
- |
२
|
पोर्चुगल
|
- |
२
|
अफगानिस्ता
|
- |
१
|
एन्डोरा
|
- |
१
|
अर्मे्निया
|
- |
१
|
बेलारुस
|
- |
१
|
कम्बोडिया
|
- |
१
|
डोमिनिकन गणतन्त्र
|
- |
१
|
इस्टोनिया
|
- |
१
|
आयरल्यान्ड
|
- |
१
|
जोर्डन
|
- |
१
|
लाट्भिया
|
- |
१
|
लिथुवानिया
|
- |
१
|
लम्जेमबर्ग
|
- |
१
|
नर्थ म्यासेडोनिया
|
- |
१
|
मोनाको
|
- |
१
|
मोरक्को
|
- |
१
|
नेपाल
|
- |
१
|
न्युजिल्यान्ड
|
- |
१
|
नाइजेरिया
|
- |
१
|
साउदी अरेबिया
|
- |
१
|
सेनेगल
|
- |
१
|
श्रीलंका
|
- |
१
|
ट्युनिसिया
|
- |
१
|