ललितपुर, २३ साउन । गैर आवासिय नेपाली संघ (एन आर एन ए) दुबईको निर्वाचनमा उपाध्यक्ष पदमा निराजन खत्री निर्वाचित भएका छन । खत्री निर्बिरोध निर्वाचित भएका हुन । बलियो नेतृत्व क्षमता भएका खत्री भिम मल्ल ठकुरी अध्यक्ष रहेको (एन आर एन ए) दुबईको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
कोरोना भाईरस (कोभिड–१९) को बिषम परिस्थितीमा पनि अफ्ठ्यारोमा परेका थुप्रै प्रवासी नेपालीहरुलाई संस्थाको तर्फबाट नेपाल फर्किने बातावरण मिलाउन सहयोग गरेका खत्रीले प्रवासी नेपालीहरुको सहयोगको लागि आफु कटिबद्व भएर लाग्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।
रामेछापमा जन्मिएका खत्री विगत लामो समय देखी प्रवासी नेपालीहरुको रुपमा दुबईमा बस्दै आएका छन । दुबईमा बस्नु भन्दा पहिले युकेमा बसेर पनि खत्रीले धेरै अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आईरहेका छन् ।
स्कुले जीवनमा नै मेधाबी विद्यार्थीको छबी बनाएका खत्रीले श्री शान्ती बिद्या गृह लैनचौर काठमाडौं बाट २०६३ सालमा एस् एल सि पास गरेका हुन । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस बाट स्नातक सम्मको अध्ययन पुरा गरेका खत्री कामको सिलशिलामा साइप्रस, युके, डेनमार्क, ग्रिस, रोमानिया, जर्मन, बेल्जियम, टर्की लगाएतका विश्वका थुप्रै देशहरुमा पुगिसकेका छन ।
विश्वको थुप्रै देशहरु पुगेका खत्रीले दुख पाएका नेपालीहरुको अवस्था हेरी आफुले सकेको सहयोग गर्दै आएका छन् । खत्रीको सहयोगी मनले गर्दा नै एन आर एन ए दुबईको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुन सफल भएका हुन । खत्रीले अब आफु एन आर एन ए दुबईको उपाध्यक्षको हैसियतले गर्नु पर्ने सम्पूर्ण काममा लागिपर्ने उनीे बताउछन ।
निराजनले अफ्ठ्यारोमा परेका प्रबासी नेपालीहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्दै आइ रहेका थिए । तर ब्यक्तिगत रुपमा भन्दा संस्थागतरुपमा काम गर्दा अझै धेरै अफ्ठ्यारोमा परेका ब्यक्तिहरुलाई समेट्न सकिने भएकोले आफु एन आर एन ए दुबईमा प्रवेश गरेको खत्रीको भनाइ छ । धेरै संस्थाहरुमा बसेर उत्कृष्ट कार्यहरु गर्दै आएका निराजन खत्री डान्स, स्पोर्ट र फिट्नेस बाट युकेमा डबल गोल्ड मेडलिस्ट् समेत हुन । थाइल्याण्मा २०१३ मा मार्सल आर्टको ट्रेनिङ बाट ब्ल्याक बेल्ट हासिल गरेका खत्रीले डेनमार्कमा २०१७मा टेवल टेनिसमा पहिलो स्थान हासिल गरिसकेका छन । डेनमार्क, युके र साइप्रसमा सार्प सुटर च्याम्पियनमा पनि पहिलो स्थान हासिल गरेका उनले २०१९ मा साइप्रसमा भएको मिस नेपाल साइप्रसमा सिनियर जर्जको भूमिका पनि निभाइ सकेका छन ।
२०१२ मा पाकिस्तान बाट बेस्ट डान्स कोरियोग्राफि अवार्ड प्राप्त गरेका उनी साइप्रस बाट २०१७मा बेस्ट डान्स कोरियोग्राफी, युकेमा इन्टरनेसनल डान्स च्याम्पियन सिप अवार्ड लगाएतका सम्मान पनि प्राप्त गरिसकेका छन । उनले बोल्टन युनिभर्सिटी लण्डन बाट ATHE Level 4, Sport and Event Management मा स्नातोकोत्तर गरिरहेका छन ।। उनले अहिले सम्म एक दर्जन गीतमा आफ्नो स्वर दिइसकेका छन भने २ दर्जन भन्दा बढी म्युजिक भिडियो तथा टेली चलचित्र र फिचर फिल्ममा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेका छन ।
र याे पनि हेराैं
- काठमाडौंमा ८७ जना सहित थप ३६० जनामा कोरोनाभाइरस सङ्क्रमण
- छ हजार सक्रिय कारोना संक्रमित हुँदा आत्तियो सरकार
- प्रचण्डको सुरक्षामा सटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ
- काठमाडौंमा एकै दिन थपिए १०२ संक्रमित, व्यवस्थापन गर्न नसकेपछि २० संक्रमित घरमै
- छ हजार सक्रिय कारोना संक्रमित हुँदा आत्तियो सरकार