ललितपुर, २५ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आइतबार पनि सुनुवाइ जारी रहेको थियो ।
आइतबार सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता दशरथ पंगेनी, अधिवक्ता श्यामकुमार भट्टराई र उद्धव प्रसाद पुडासैनीले बहस सकेका छन् ।
बहसका क्रममा उपन्यायाधिवक्ता पंगेनीले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै संसद् मरिसकेको भन्दै प्रमलाई विघटनको अधिकार पनि भएको जिकिर गरे । उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्दा दुराशय नदेखिने पनि जिकिर गरे ।
यस्तै अधिवक्ता पुडासैनीले संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था रहेको भन्दै नेतृत्वको हस्तान्तरण नहुँदासम्म अर्को प्रधानमन्त्री बन्न सक्ने अवस्था नरहेको जिकिर गरे । सो क्रममा न्यायाधीश सिन्हाले ‘नेपालको जस्तै प्रकृतिको अवस्था अरु देशमा छ कि छैन’ भनि प्रश्न गरेका थिए । जबाफमा पुडासैनीले ‘छैन’ भनि जबाफ दिएका थिए ।
यसअघि प्रधानन्यायाधीश राणाले पनि अधिवक्ता संजीवराज रेग्मीलाई यही प्रश्न सोधेका थिए । उनले पनि अरु देशमा यस्तो नरहेको बताएका थिए ।
बहसका क्रममा पुडासैनीले २०४७ सालको संविधान कार्यान्वयको सन्दर्भमा पटक संसद विघटन भएको स्मरण गराउँदै अरु देशमा चाहिँ यसरी विघटन नभएको बताएका थिए ।
उनको जिकिर अनुसार ‘अविश्वास’ को प्रस्ताव आउने, सरकार ढल्ने र विघटन गर्ने जस्ता व्यवस्था हाम्रो संविधानमा छ ।’ संसदीय दलको नेताबाट नहटाइएको अवस्थामा सोही दलबाट अर्को प्रधानमनत्रीको कल्पना नभएको भन्दै सोही कुरा दलको विधानमा पनि रहेको उनको भनाइ थियो ।
पुडासैनीले यस्तो बताएपछि प्रधानन्यायाधीश राणाले धारा ७६ (७) को पनि ब्याख्या गर्नुपर्ने छ र ? भनि प्रश्न गरेका थिए । ‘राज्य कहिल्यैपनि प्रधानमन्त्रीबिहीन हुँदैन, नयाँ नआउँदासम्म पुरानै पीएम हुन्छ । पीएमले विघटन गर्छ, त्यत्ति होइन ?’ राणाले पुडासैनीलाई बहसका क्रममा सोधे । पुडासैनीले यसमा सहमति जनाउँदै प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएको पुनः जिकिर गरेको रातोपाटिले लेखेको छ ।
र याे पनि हेराै
- आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव निर्वाचन आयोगमा
- विद्युत प्राधिकरणको लापरबाहीप्रति नगर प्रमुख धामीको आक्रोस
- आधिकारिकता दाबी गर्दै प्रचण्ड–माधव निर्वाचन आयोगमा
- केपी ओलीलाई पार्टीबाट निष्कासित गर्ने प्रचण्ड–नेपालको तयारी