काठमाडौँ । ‘पहिले काम खोज्न विरेन्द्रनगरका धेरै ठाउँमा गएँ । कसैले काम दिएन । सीप र अनुभव बिना कसैले रोजगारीमा राख्न चाहँदैन रहेछ,’ ३१ वर्षीया राधिका चौधरी सम्झिन्छिन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ फँलाटे नमुना टोलकी राधिका र सोही ठाउँ बस्ने महिलाहरूको यो साझा कथा हो । तर, अहिले उनीहरुको यो कथा बदलिएको छ । राधिका र उनको जस्तै जीवनशैली भएका महिलाहरू आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्दैछन्, घरमै बसेर अगरबत्ती उत्पादन गरेर ।
राधिकाको जीवनमा यस्तो ठूलो मोड तब आयो, जब उनले सोसेकले आयोजना गरेको अगरबत्ति तालिममा सहभागि भइन् । एइआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालको आयोजनामा वीरेन्द्रनगरमा सञ्चालन गरेको एक हप्ते अगरबत्ती उत्पादन तालिममा सहभागिता जनाइन ।
१२ कक्षा पास गरेकी राधिकाले विवाहपछि ९ वर्ष वर्ष घरायसी काममै बिताइन । जीवनमा कुनै आयश्रोत नभएकोले उनी प्रायः आर्थिक रूपमा असहज महसुस गर्थिन । आफू बेरोजगारी हुँदा र अनुभव र सीप बिना कसैले काम नदिदा अप्ठेरो महशुस हुने गरेको उनी सुनाउँछिन् । ‘एकहप्ते तालिमपछि मेरा आँखाहरू खुले । सीप र अनुभवले मानिसको जीवन कसरी बदल्न सक्छ भन्ने अब मात्र थाहा पाएँ,’ राधिकाले भन्छिन् ।
तालिमपश्चात राधिकाले आफ्नो घरआँगनमै बसेर समूहमा मिलेर अगरबत्ती उत्पादन गर्छिन । उत्पादन गरेको अगरबत्तीलाई स्थानीय बजारमा बिक्री गरेर उनले आफ्नो परिवारका लागि आयआर्जनको नयाँ बाटो खोल्ने विश्वास लिएकी छिन् ।
तालिम पाएपछि अब म ढुक्क छु,’उनी भन्छिन्, ‘मलाई अब कसैले काम नदिए पनि मैले आफ्नै बाटो बनाउन सक्छु , अगरबत्ति उत्पादन गरेरै भएपनि जीविका चलाउन सक्ने आँट आएको छ ।’
पहिले प्राय घरायसी काममा व्यस्त हुने फलाटे नमूना टोलका लागि अबरबत्ति उत्पादन एक एक हप्ते तालिमले उनीहरुको दैनिकीमा परिर्वतन ल्याउने आशा जागेको छ । जीवनमा सीपविना कतै पनि काम नपाएने र नीवनमा सीप सिक्न महत्वपूर्णभएको उनीहरुले बताएका छन् ।
राधिकाको मात्र होइन, सोही ठाउँकै पार्बती चौधरीको जीवन पनि तालिमपछि बद्लिएको छ । २९ वर्षीया पार्बती, जो पहिले जागिरका लागि थुप्रै ठाउँमा धाइरहेकी थिइन, अहिले आत्मविश्वासले भरिएको बताउँछिन् ।
पहिले म काम खोजेर हिँड्थेँ तर, मेरो सीप र अनुभव नभएकै कारण म कामको लागि अस्वीकार हुन्थेँ, कसैले राख्न मान्दैन थिए,’उनी भन्छिन्, ‘अहिले तालिमले मलाई मेरो जिन्दगी बदल्न मद्दत गरेको छ । तालिममा सिकेको कुराले अहिले अगरबत्ति उत्पादन गर्दै आएकी छु । ’
पार्बती अहिले राधिकासँगै अन्य महिलाहरुसँग मिलेर समूह मार्फत अगरबत्ती उत्पादनमा जुटेकी छिन । उनी भन्छिन, ‘पहिले सोच्थेँ, मेरो भविष्य अन्धकार छ । तर, अहिले तालिममा सीप सिकेपछि लाग्छ, अब आफूलेले पनि अगरबत्ति उत्पादन आत्मनिर्भर बन्न सक्छु ।’
तालिम पश्चात् २६ जनाको समूह निर्माण भएता पनि हाल समूहमा १६ जना सक्रिय रुपमा लागेका छन् । १६ जनाले अगरबत्ति उत्पादन गर्दै आएका छन् । उक्त महिला समूहले दिनमा करिब तीनसय वटा पिस अगरबत्ति उत्पादन गर्दै आएको छ । घरायसी काम सकाएर बिहान १० बजे मात्र अगरबत्ति बनाउन पुग्ने महिला समूह ३ बजेसम्म अगर बत्ति बनाएर पुन घरायसी कामका लागि फर्किने उनीहरु बताउँछन् ।
पहिले बेरोजगार हुँदा निकै पीर चिन्ता हुन्थ्यो भने अहिले सीप सिक्दा आत्मनिर्भर भएको महशुस भएको बताउँछन् । तालिम नलिनु पहिले सीप सिकेका थिएनन् । प्राय घरायसी काममै व्यस्त हुने उनीहरु अहिले आफै केही गर्न सकिने भएको बताउँछन् । पहिले बेरोजगार हुँदा श्रीमाननकै भर पर्नु परेको थियो । तर, अहिले, सीप सिकेपछि उनीहरु आत्मनिर्भर हुने बाटोतर्फ उन्मुख छन् । पहिले बेरोजगार हुँदा कामको लागि शहरका विभिन्न ठाउँहरुमका भौतारिएका उनीहरु अहिले समूहमा रहेर अगरबत्ति उत्पादन गर्दै आएका छन् ।
तालिम पश्चात् वीरेन्द्रनगर नगरपालिका–८ का वडा अध्यक्ष टिकाराम शर्माले सहभागी दिदीबहिनीहरूको क्षमता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको बताउँछन् ।
उनले भने, ‘तालिमपछि उहाँहरूको क्षमता पहिलेभन्दा धेरै विकास भएको छ । अहिले उहाँहरूले अगरबत्ती उत्पादन गरेर स्थानीय बजारमा बिक्री–वितरण गर्दै आउनुभएको छ ।’
यस्तो प्रयासले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बन्न र आर्थिक रूपमा सबल बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको अध्यक्ष शर्माले विश्वास व्यक्त गरे ।
उक्त समूहले स्थानीय स्तरमा अगरबत्ती उत्पादन गरेर बजारमा पठाउन सुरु गरेको छ । उत्पादनको बजारीकरणमा वडा कार्यालयको समन्वयमा सोसेक नेपालले सहयोग गरिरहेको सोसेक नेपालद्वारा वीरेन्द्रनगरपालिकामा संचालित बिहानी परियोजना संयोजक माया अधिकारीले जानकारी दिइन् ।
सीपमूलक तालिमले महिलाहरूलाई उत्साहित बनाउँदै आत्मविश्वास बढाएको वीरेन्द्रनगर नगरपालिका–२ का वडा अध्यक्ष गजबहादुर बुढालले बताए । ‘महिलाहरूलाई स्वरोजगार बनाउनका लागि यस्ता सीपमूलक तालिमहरूको आवश्यकता आगामी दिनमा पनि उत्तिकै छ, र यस दिशामा हाम्रो वडा निरन्तर सक्रिय रहनेछ ।’
अध्यक्ष बुढाले थपे, ‘हाम्रो वडाका महिलाहरूलाई स्वरोजगार बनाउन सीपमूलक तालिम प्रदान गर्नु आवश्यक छ । उहाँहरूले के सिक्न चाहनुहुन्छ भन्ने विषयमा हामी सधैं उहाँहरूको चाहना र आवश्यकतामा निर्भर रहन्छौं ।’
सोसेक नेपालले मंसिर १८ देखि २४ गतेसम्म तालिम संचालन गरेको थियो । वडा नम्बर २ चौधरी समूहबाट पाँच जना, वडा नम्बर ८ देखि ४ जना, वडा नम्बर ७ देखि एकजनाको सहभागिता रहेको थियो ।
चौधरी समूहका पाँच जना महिलाहरुले तालिममा बसेर सिकेर पनि ११ जना अन्य महिलाहरुलाई सिकाइरहेको छन् । वडा नम्बर चारका महिलाहररुले पनि अगरबत्ति उत्पादन गर्ने काम गर्दै आएका छन् । वडा नम्बर २ मा पनि दुइवटा समूहमा काम भइरहेको छ ।