काठमाडौँ । नेपाली महिलाहरुको महानचाड हरितालको यो वर्षको रौनक पनि सकिदै गएको छ । तीज आएर पनि फर्किसकेको छ । तीज आएर पनि जाँदै गर्दा पहिले भन्दा झन झन नयाँ हुँदैछ । पहिले स्थानीय बाजा आफ्नै रहनसहनमा तीज मनाइन्थ्यो भने अहिले साउण्ड सिस्टमले गाउँघर शहर बजार जताजतै गुञ्जायमान हुन्छन् ।
पहिले बर्षदिनमा माईतीको दैलोमा नपुगेकी चेली चाँचोपाँजो मिलाएर यो चाडमा माईत जाने हुन्थ्यो तर, अहिले आफ्नै व्यस्तता र बैदेशिक रोजगारीमा जाने दर बढ्दै जादा त्यो पनि कमै मात्र देख्न पाइन्छ । साथी सँगिनी भेट हुँदा वितेको समयलाई सम्झिन्छन । सधै जसो चुलो र चौकामा सिमित महिला तीजमा भने फुर्सिदला हुन्छन् ।
‘तीजका गीतमा पिडा ओकलिन्थ्यो । महिला स्वतन्त्रका हक अधिकारका बारे गीत गाईन्थ्यो । पोईल घरमा सासु,देवर देउरानी र नन्दले दिएका पिडा सुनाईन्थ्यो । अब ती गीत सुनिन छाडेको ठाटीकाँध गाउँपालिका –३ की कल्पना बिष्ट बताउँछिन् । अबका युवती पढे लेखेका भएपनि यहाँको स्थानीय भाका गाउँ जादैनन । युवती खाली डेक(साउण्ड सिस्टम) ल्यायो गीत बजायो,नाच्यो । स्थानीय भाकालाई संरक्षण गर्न पालिका सरकारले हरेक बर्ष तीज गीत प्रतियोगिता गर्नुपर्ने उनको भनाई छ ।
उनी मात्र होइनन् तीजका गीतले गाउँ नै गुञ्जामान भएपनि स्थानीय भाका नसुनेको धेरै बर्ष भईसकेको काठमाडौँकि जानकी उपाध्याय बताउँछिन् । उनले भनिन्,पहिलाका तीजका गीतमा अनेकौं पिडाका कुरा हुन्थे । त्यो सुन्दा आफै दुःख परे जस्तो हुन्थ्यो । आजभोलीका युवती कलाकारले जे गीत गायो, त्यसैमा नाच्छन् । मलाई त यस्तो गीतमा नाच्न मन नै लाग्दैन, उनले थपिन ।
साउण्ड सिस्टम एकातिर सजिलो बनाए पनि अर्कोतिर नकारात्मक असर गरेको ठाटीकाँध गाउँपालिका –१ का वडाअध्यक्ष चक्रबहादुर विकले बताउँछन् । स्थानीय भाकामा गाउँदा मादल,गीत गाउने मान्छे र ताल मिलाउने मान्छेको आवश्यकता पथ्र्यो तर साउण्ड सिस्टमा गीत बजायो सबै नाच्यो । यसले गर्दा पछिल्लो पुस्ताका सिर्जना गुमनाम भएका छन् । अव सिर्जना बाहिर ल्याउनको लागि आउँदो बर्षदेखी सरसफाई,स्वास्थ्य र छाउपडी र छुवाछुत न्यूनिकरणका स्थानीय भाकामा तीज गीत प्रतियोगिता गछौं उनले भने ।
तीजका स्थानीय भाका हराउँदै गएकोमा संघीय साँसद सिताकुमारी रानाले चिन्ता व्यक्त गरिन् । यदि हामीले पुराना संस्कृतिलाई बचाउन सकेनौं भने पछिल्लो पुस्ता सिक्न पाउने छैन भने अर्कोतिर लोप हुदै जाने बताईन । संस्कृति बचाउन बुढापाका सँग अबका युवायुवती राखेर कार्यक्रम गर्ने,अभिलेख राख्ने,पुरानाबाट नयाँलाई सिक्न लगाएर बचाउन सकिन्छ । यसको लागि वडासरकार,पालिका प्रदेश र संघीय सरकारले समेत बजेट विनियोजन गर्नुपर्छ । स्थानीय भाका सँगै संस्कार पनि हराउँदै गएको छ ।
पहिला चेली माईत जाँदा सोली,त्यहाँमाथि बच्चा,खाजाभात र स्याकु बोकेर जान्थे । सालका पातमा भात खानेकुरा हुन्थ्यो । सालको टप्परीमा भएका खानेकुरा विग्रिदैन थिए । पछि त्यो टपरी कम्पोष्ट मलको रुपमा हुन्थ्यो । उतिबेला संस्कृति चाडपर्व,वातावरण मैत्री भएको बताईन । आजभोलीका संस्कृति संस्कार वातावरणमैत्री छैनन् भन्दै स्थानीय भाकाको तीज गीत सुनाईन ।