काठमाडौँ । दिउँसोको उखरमाउलो गर्मी । असिन पसिन भएको शरिर । अनि त्यही शरिरलाई अटो कुदाउँदै केही शितलता प्रदान गर्दै अटो हाँक्छिन् ईश्वरपुरका कृष्ण कुमार सिंह कुस्वाहा । उखरमाउलो गर्मीमा असिन पसिन हुँदै अटोसँगै कुद्छन् र अटोसँगै रोकिनु उनको दैनिकी हो ।
दैनिक रुपमा अटो चलाउँदै आफ्नो जहान परिवार पाल्नका लागि सर्लाहीमा अटोसँगै कुदेकै देखिन्छन् उनी । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ५ बारानटोलका कृष्ण कुमार सिंह कुस्वाहाको दैनिकि सर्लाहीमा अटो चलाएर बित्ने गर्छ । कृष्ण कुमार अटो चलाउँदै अटोबाट आएको पैसाले छोराछोरी बढाउने र घरखर्च चलाउँने गर्छन ।
नेपालमा भविष्य छैन भन्दै दैनिक रुपमा बिदेशिनेहरुका लागि स्वदेशमै उद्यम गर्न सकिन्छ भन्ने उनी एक उदाहरणीय पात्र बनेका छन् । अटो चलाउँन थालेपछि अटो व्यवसायबाटै उनको दैनिकीमा सहजता ल्याएको छ । यसरि स्वदेशमै उद्यम व्यवसाय गर्दै परिवारसँगै बसेर सुुख दुख साट्दै परिवारसँगै रमाएका कृष्ण कुमारलाई नेपालमै केही गर्नुपर्छ भन्ने सोच आउँदा त्यो सोच चमेली सहकारीले पुरा गरेको थियो ।
कृष्ण कुमारसँग स्वदेशमै केही उद्यम व्यवसाय गर्ने सोच थियो तर,लगानी गर्ने पुँजी थिएन त्यही पुँजी सहयोग गर्दै चमेलीबाट बिनाधितो ऋण पाएपछि अटो किनेका कृष्ण कुमारको जिन्दगीमा सहजता ल्याएको कृष्ण कुमार बताउँछन् । मेरो सोच नेपालमै उद्यम व्यवसाय गर्नुपर्छ भन्ने थियो तर,लगानी गर्ने पुँजी थिएन,’उनले भने, 'स्वदेशमै उद्यम गर्नेहरुलाई चमेलीले ऋण दिदो रहेछ । मैले पनि चमेलीबाट बिनाधितो ऋण पाएपछि अटो किनेँ ।’
ऋण नलिनु पहिले नै स्वदेशमै बसेर केही उद्यम गर्नुपर्छ भन्ने सोच थियो । अटो किन्नका लागि आफूसँग अटो किन्नलाई पुरा पैसा थिएन',उनले भने, ‘आफुसँग अपुग पैसा थियो । चमेलीसँगको भेटले चमेलीले बिना धितो ऋण उपलब्ध गराएपछि अटो किने र स्वादेशमै उद्यम व्यवसाय गर्ने इच्छा पुरा भयो ।’
इच्छा भए उपाए जहाँबाट पनि निस्किन्छ भनेझैँ उनको अटो चलाउने इच्छा पनि चमेली बचत तथा ऋण सहकारी संस्थाले पुरा गरिदियो । अटो किनेर अटो चलाउने योजना पहिले नै गर्दै आएपनि उनीसँग पैसा थिएन । कृषि व्यवसाय गर्दै त्यहाँबाट आएको पैसा जम्मा गर्दै अटो खरिद गर्नका लागि जम्मा गरेका थिए ।
लामोसमयसम्म मेहनत गर्दै कृषि पेशाबाट आएको पैसा पनि अपुग थियो र अटो किनेर चलाउने कृष्ण कुमारको मनमा आतुर थियो । खेतीपाती गरेर केही पैसा जम्मा गरेको थियौँ',उनले भने, ‘अटो किन्नलाई मन आतुर थियो । तर,पैसा अपुग थियो । त्यही बिचमा टुप्लुक्क ढुङ्गा खोज्दा देउता मिलेझैँ चमेली भेटिएर ऋण दियो । अनि अटो किनेँ ।’
केही पैसा आफैसँग भएका कृष्ण कुमारलाई अटो किन्न पैसा आवश्यक परेका बेला टुप्लुक्क चमेली घरआँगनमै भेटिएर ऋण उपलब्ध गराँउने कुरमाले आफू निकै खुशी भएको उनी बताउँछन् । चमेलीले साना लकिसानलाई चमेलीबाट बिनाधितो ऋण उपलब्ध गराउने रहेछ,’उनले भने, 'घर आँगनमै भेटिएको चमेलीले ऋण दिने कुरा गरेपछि सुरुमा विश्वास नै लागेको थिएन । केही दिनमै ऋण दिएपछि निकै खुशी भएँ यहाँसम्म पुग्न चेलीको ठुलो सहयोग छ । चमेलीलाई धन्यवाद व्यक्त गर्दछु ।’
कृष्ण कुमार कुस्वाहले अटोबाट दैनिक रुपमा आम्दानी भएको पैसाले पाँच जनाको घर परिवार चलेको छ । बालबालिका पनि बोर्डिङ स्कुलमा पढाइरहेका छन् । दिनभर कृष्ण कुमार अटो चलाउँछन् भने घरमा र खेती किसानीमा उनकी श्रीमतीले सघाउँदै आएको उनी बताउँछन् ।
सहकारीबाट ऋण लिएर अटो किनेका कृष्णले अटोको किन्दा लिएको ऋण तिरेर सकिसकेका छन् । अहिले आवश्यक्ता छैन आवश्यक परे अझै सहकारीबाट ऋण लिएर थप व्यवसाय गर्दै जाने उनी बताउँछन् ।
चमेलीबाट बिनाधितो ऋण लिएर अटो व्यवसाय गरेका कृष्ण कुमार सिंह कुस्वाहको जीवनमा परिर्वतन ल्याएको छ । आर्थिक अवस्था कम्जोर भएका सिंह परिवारको आर्थिक अवस्था अहिले बद्लिएको छ । अटो चलाएर अटोबाट आएको पैसाले पाँच जनाको परिवार चलाइरहेका छन् ।
र उद्यमीका थप स्टोरी पढौँ