काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर -६ लक्ष्मीपुरका जमिरुदिन मन्सुर हरिपुर नगरपालिकाका पूर्व मेयर हुन । समाजसेवीका रुपमा आफ्नो परिचय बनाइसकेका उनी कृषकका रुपमा समेत परिचित छन् । पाँच वर्ष नगरपालिकाको प्रमुखसमेत भएर पाँच वर्ष कार्यकाल समालेर नगरवासीको सेवा गरेर अहिले आफै व्यवसायिक कृषि पेशामा होमिएका छन् ।
२०७४ मा भएको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए । त्यहाँ पुगेपछि पुर्ण रुपमा इमान्दारिताका साथ कृषि शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार लगायत पिछडीएका वर्गको हकहितका लागि आवश्यक काम गरेको उनको भनाई छ । नगरप्रमुखको रुपमा रहँदा पाँच वर्षमा करिब २७ किलोमिटर सडक पिच गरे । एकदशक सम्म आवश्यक नपर्ने गरि विद्यालयका भवन, फर्निचर र शिक्षक, शिक्षिका व्यवस्थापन समेत गरेको उनी बताउँछन् ।
पुर्व नगरप्रमुख जमिरुदिनको यति मात्र सपना थिए उनको सपना अझ बिशाल छ । हरिपुर नगरपालिकालाई विषादीरहित नगर बनाउने उनको ठुलो धोको थियो ।
नगरमा उनले विषादीरहित नगर बनाउन विषादी रहित नगर अभियानसमेत चलाएको उनी बताउँछन् । म नगर प्रमुख हुँदा मेरो इच्छा नगरलाई विषादी रहित नगर बनाउने थियो त्यो अभियान पनि चलाएँ,’उनले भने, ‘ विषादी रहित अभियान संचालन गरेर कृषकहरुलाई ७० प्रतिशत बिउबिजन लगायतका कृषि सामाग्रिमा ७० प्रतिशत अनुदानमा दिएर नगरबासीको काम गरेको गरेँ ।’
नगरप्रमुख भएपछि जमिरुदिनल महिलाहरुलाई सबैभन्दा पहिले निर्वाचित भएकै वर्ष ४५३ जना महिलाहरुका लागि पाठेरघर समस्या सम्बन्धि निशुल्क शिविर संचालन गरेको बताए । उनले आफू नगरप्रमुख भएकै बेला नगरपालिकामा १९ जना स्वयमसेवक पनि तयार गरेको बताउँछन् । पहिले परम्परामा गर्दै आएको धान गहुँ मकै मात्र वा पहिले बिउ पाउदैन थियो । अहिले केरा, मेवा, ड्रागन खेती तर्फ पनि बढी जोड दिएका थिए । नगरप्रमुखको कार्यकाल सकिएपछि दश कठ्ठा जग्गामा केरा र लागेको बोट ८०० मेवा ५००, ड्ररागन १४० लागाइए उनी बताउँछन् । उनले अरु चाडै फल्ने बोटबिरुवा खेतमा लगाएको उनी बताउँछन् ।
व्यवसायिक कृषिमा होमिएका जमिरुदिनले गोबरबाट मल बनाएर अहिले अर्गानिक उत्पादनतर्फ जोड दिदै आएका छन् ।
व्यवसायिक कृषि गर्न चमेलीबाट ऋण
नगरप्रमुख भएको समयमा कृषि विज्ञहरुलाई नगरमा लिएर माटो परिक्षण समेत गरेका थिए । त्यही अनुभव अहिले आफूले प्रयोग गरिरहेको उनी बताउँछन् । नगरप्रमुखको कार्यकाल पुरा गरेर व्यवसायिक कृषिमा होमिएका उनले अहिले व्यवसाय थप गर्नको लागि चमेली बचत तथा ऋण सहकारी संस्थाबाट ऋण समेत लिएको उनी बताउँछन् । चमेली बचत तथा ऋण सहकारीको पुर्व सदस्य समेत रहेको थिए,’उनले भने, ‘समय नभएका कारण आफू अहिले सक्रिय हुन सकेको छैन । नगरप्रमुखबाट बिदा भएपछि अहिले आफै व्यवसायिक कृषिमा होमिएको छु ।’
देशलाई कृषि क्षेत्रबाट मात्र माथि उठाउन सकिने कुरा बुझेका उनले अन्तः आफै व्यवसायिक कृषिमा होमिएको उनको भनाई छ । सबै कृषकहरुलाई अधुनिक कृषि खेतीतर्फ प्रोत्साहन गर्न सके मात्र मुलुकलाई अगाडी बढाउन सकिने र त्यसतर्फ राज्यले ध्यान दिनुपर्छ,’उनले भने ।
व्यवसायिक रुपमा कृषि खेती गर्दै आएका जमिरुदिनले केरा र मेवा खेतीबाट वार्षिक ८ लाख आम्दानी हुनेमा ढुक्क रहेको उनी बताउँछन् ।
कस्ट पनि बढि लाग्यो किन्दा खेरी खजिर्चलो भयो साढे चार लगानी गरेका हुन् । ड्रागन मेवा हुँदै हजार पिस लगायका थिए । रोप्न नजानेर बिरुवा खेर गए । रातो केरा रुखमै पाक्छ यो दम र सुगर भएका विरामीले खादा राम्रो हुने उनी बताउँछन् ।।
यो देश कृषि प्रदान देश हो र यस्लाई हामीले राम्रोसँग उत्पादन मुलक बनाउन सकेनौँ भने हामीलाई दिनकै अप्ठेरो हुन्छ । यसरी नै आधुनिक व्यवसायि कृषि तर्फ समयमै ध्यान दियौँ भने नेपालमै सम्भावना रहेको र यहि केही गर्न सकिने बताउँछन् ।
अहिले युवाहरु लैलैमा लागेर बिदेश गएका हुन र राज्यले पिन ध्यान नदिएको बताउँछन् । स्वदेशमै आधुनिक तरिकाले खेती गर्न सकेमा यही १, डेढ लाख कमाउन सकिने बताउँछन् । उनी भन्छन्, ‘बाहिरको भन्दा यहाँको हावापानी ठिकै छ यही बसेर गर्न सके राम्रै हुन्छ ।’
देशमा किसानको छोरो कृषि मन्त्री हुनुपर्ने तर,यहाँ कुनै विचौलियाको छोरो कृषि मन्त्री हुँदा कृषि क्षेत्रमा राम्रो नभएको बताउँछन् ।
व्यवसायिक कृषि खेती गर्नेहरुका लागि चमेली बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट संस्था भएको उनी बताउँछन् । यस्ले नाफा मात्र होइन यो उर्जा दिने खालको उत्पादन दिने र गराउने संस्था हो,’उनी भन्छन्, ‘यसकारण पनि हामीले यो संस्थामा सदस्य बनेर संचालक समितिमा पनि बसेको र अहिले पुर्व संचालक समितिमा रहेको छु । यो संस्थाले गरेको काम साच्चिकै प्रसंसनीय रहेको छ ।’
व्यवसायिक कृषि रोज्नेहरुका लागि र व्यवसायिक कृषि खेती गर्नेहरुका लागि यो संस्थाले उत्कृष्ट काम गर्दै आएकाले यो संस्था मार्फ कृषि क्षेत्रको मुहार फेरिने कुरामा आफु पुर्ण रुपमा विश्वास रहेको उनी बताउँछन् ।
र यो पनि पढौँ