काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका बिकासको गतिमा लम्किन थालेको छ । विकासका दृष्टिकोणले पछाडी परेको चौकुने गाउँपालिका देश संघीयतामा गएर स्थानीय सरकार भएसँगै विकासमा फड्को मार्न थालेको छ । गत वर्षको बजेट योजना अनुसार ७५ प्रतिशत कामहरु सम्पन्नको चरणमा पुगेको गाउँपालिका अध्यक्ष खड्क वि.क. ‘विवश’ बताउँछन् ।
उनका अनुसार पालिकाले ५० प्रतिशत कार्य सम्पन्न भुक्तानी समेत गरिसकेको पालिकाले जनाएको छ । अहिलेको समस्या भनेको संघीय सरकारबाट बजेट फुकुवा नभएकाले काम सम्पन्न भइसकेको ठाउँमा पनि उपभोक्ताहरुले रकम नपाएको गाउँपालिका अध्यक्ष खड्क वि.क. ‘विवश’ बताउँछन् । विकास निर्माणका कामसँगै स्वास्थ्य,शिक्षा, पर्यटन लगायतका क्षेत्रमा उलेख्य रुपमा विकासका कामहरु भइरहेको अध्यक्ष वि.कले बताएका छन् ।
पर्यटन
पर्यटकीय क्षेत्रको लागि गाउँपालिकाले पर्यटकीय स्थलसम्म जाने बाटोहरु निर्माण गरेको छ । बेनिघाट सेती कर्णाली दोभानमा जाने बाटो निर्माण गरिएको छ । चैकुने गाउँपालिका -६ को उत्तरपट्टिको भाग कोलीमारासम्म बाटो पु¥याएको गाउँपालिकाले जनाएको छ ।
पर्यटकीय गन्तब्य यात्राका लागि चौकुने गाउँपालिकाले विपन्न राजी सामुदायलाई रोजगार दिनुका साथै पर्यटन प्रवद्र्धनका लागि र्याफ्टिङ संचालन गर्ने भएको छ । दुइवटा डुंगा संचालनमा ल्याइने भएको छ । र्याफ्टिङ संचालनका लागि डुंगा लगायत आवश्यक समाग्रि खरिद गरिसकिएको गाउँपालिका अध्यक्ष खड्क वि.क.‘विवश’ले बताए ।
उनका अनुसार गाउँपालिकाले अमेरिकन र्याफ्टिङ खरिदका लागि १३ लाख रुपैयाँ विनियोजन गरेर सामाग्रि खरिद गरिसकिएको उनको भनाई छ । यसबाट गाउँपालिकामा रहेका राजी समुदायलाई रोजगार दिने गाउँपालिकाको योजना छ । राजीहरूको मुख्य पेसा माछा मार्ने व्यवसाय भए पनि पछिल्लो समय माछापालनबाट उनीहरूको जिविकोपार्जनमा ससम्या भएको गाउँपालिकाले जनाएको छ ।
राजी समुदायको सहकारी मार्फत संचालन थाल्ने योजना रहेको छ, उनले भने, डुंगा खरिद गरेर संचालनको तयारीमा रहेको छ । राजी समुदायको सहकारी मार्फत संचालन गर्ने गरी आवश्यक डकुमेन्ट दर्ता प्रक्रियामा अघि बढिसकेको छ ।
याफ्टिङको स्टार्टिङ पोइन्ट गाउँपालिकाको जंगला हुनेछ । जंगलाबाट बेनीघाट, दोलाघाट, सिसापनी हुँदै एकसय मिटर दूरीमा पर्ने घाटगाउँमा पुगेर सकिनेछ । र्याफ्टिङ खरिदबाट विपन्नले रोजगारी पाउनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।
गाउँपालिकालाई अंग्रेजी सी आकारमा घेरा हालेको कर्णाली नदीमा यसअघि निजी रुपमा र्याफ्टिङ सञ्चालित थियो । तर, नियमित सञ्चालन हुन नसक्दा कैयौं पटक बुटबल, काठमाडौं, पोखरा, विरेन्द्रनगरलगायतबाट आएका पर्यटकहरूर्ले याफ्टिङ गर्न नपाएको गुनासो आएपछि गाउँपालिका आफैंले सञ्चालनका लागि प्रक्रिया अगाडि सारेको गाउँपालिका अध्यक्ष खड्क वि.क.‘विवश’ले बताए
चौकुने गाउँपालिकामा बस्दै आएको राजी समुदायमा जिविकोपार्जनमा संकट पर्दै आएकोले राजी समुदायलाई व्यवसायिक बनाउनका लागि डुंगा संचालन गर्न थालिएको गाउँपालिका अध्यक्ष वि.कले बताए । राजी समुदायलाई सामाजिक सुरक्षा भत्ताले मात्र जिविकोपार्जन गर्नुपर्ने बाध्यता छ',उनले भने, 'विगतमा उहाँहरुको पेशा माछा मार्ने थियो अहिले नदिमा माछाको संकट पर्दै जादा दिनभरि माछा मार्दा पनि जिविको नचल्ने भएपछि उहाँहरुको जिविकोपार्र्जनको पद्धती बदल्नका लागि डुंगा संचालन गर्न थालेका हौँ ।’
हिजोका दिनमा माछबाट जिविका चलाएक राजी समुदायले डुंगा संचालन गरेपछि पर्यटकलाई घुमाएर राजी समुदायको जिविकोपार्जन हुने अध्यक्ष वि.कले बताउँछन् ।
शिक्षा
शिक्षामा कमजोर भनेर चिनिएको चौकुने गाउँपालिका गुणस्तरी शिक्षा प्रदान गर्नका लागि लागि परेको बताइएको छ । गाउँपालिकाले शिक्षामा १ देखि ५ कक्षा सम्मका विद्यालयहरुमा कक्षा शिक्षक अनिवार्य गरेको छ । कक्षामा कक्षा शिक्षक नभएर र विद्यार्थी धेरै भए पालिकादेखि नै कक्षा शिक्षकको व्यवस्था गर्ने गरेको पालिकाले बताएको छ ।
कृषि
कृषि क्षेत्रमा गाउँपालिकाले लहरका साथ जोडिने गरि कृषि कार्यक्रम ल्याउन थालेको बताइएको छ । वनलाई कृषि वनका रुपमा बाताबरण बनाएर ऐन कानुन बनाएर कार्यान्वयनका चरणमा अघि बढेको बताइएको छ ।
स्वास्थ्य
स्वास्थ्यको क्षेत्रमा भइरहेका स्वास्थ्य संस्थाहरुलाई थप विस्तार गर्ने कामलाई पालिकाले अघि बढाएको छ । औषधीहरु र खोपहरु सबैै ठाउँ समयमै नागरिकले पाउने गरि सुबिधा पु¥याएको पालिकाले जनाएको छ ।
समय समयमा स्थान र अवस्था हेरेर विभिन्न निशुल्क स्वास्थ्य शिविरहरु संचालन गरिहेको गाउँपालिका अध्यक्ष वि.ककोे भनाई छ । बनेपा बाल अस्पतालसँग सम्झौता गरेर चमैकुने गाउँपालिकामा भएका सम्पुर्ण १८ वर्ष मुनिका सबै बालबालिकाहरुलाई उपचार गर्ने कामहरु र ज्येष्ठ नागरिकको निशुल्क आँखा उपचार शिविर संचालन गर्ने लगायतका कामहरु भएको पालिकाले जनाएको छ ।