काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिका -१ रहफ । पहाडी गाउँ यहाँका धेरैजसो पुरुषहरु मुग्लान् नगए घर चल्दैन । युवाहरु परदेशतिर, गाउँमा बुढाबुढी, महिला र बालवालिका मात्र हुन्छन् । बलिया पाखुरा भएका युवा र पाका पुरुषहरु भारत (मग्लान्) जानु परम्परा जस्तै बनेको थियो । गाउँमा महिला, बालबालिका र वृद्ध मात्र बस्थे । तर, अहिले भने यहाँको केही दृश्य बद्लिएको छ । अछामको रहफ गाउँमा एउटा नयाँ आशाको किरण देखिएको छ – बाख्रापालन ।
यहाँका चक्र बहादुर रावल, दिनेश कामी र अन्य धेरै पुरुषहरु, जो परिवार पाल्नकै लागि परदेश जाने सोचमा थिए ।तर, अहिले उनीहरुका पाइला बाख्रापालनका लागि गाउँमै रोकिएका छन् ।
डिसीय नेपालको साझेदारी गाउँपालिकाको समन्वय र सोसेक नेपालद्वारा संचालित ग्रीन कर्णाली परियोजना रहफका ३० परिवारलाई बाख्रापालन व्यवसायका लागि खरी जातका बाख्रा सहयोग गरेको छ । ३० परिवारलाई चारवटाका दुरले एकसय २० वटा बाख्रा सहयोग गरेको छ । परदेश जाने तयारीमा रहेका मध्यका एक हुन चक्र बहादुर रावल । जीविको पार्जनका लागि बाख्रा बितरणको कुरा सुनेर गाउँमै केही गर्ने आशाले गाउँमै रोकिएको रावल सुनाउँछन् । देश जान्याँ सोचमा थियौँ,’उनी भन्छन्, ‘देश जान्या थियौं । तर, समूहमा जादा परियोजनाले बाख्रा दिन्छ भनेपछि गाउँमै बसेर वाख्रा पाल्ने निधो ग¥यौं ।’
परिवारको साँझ बिहानको छाक टार्न परदेश नगएर पनि नहुने गाउँमा रोजगारी पाइदैन अब बाख्रा पाएपछि यहीँ बाख्रापालन व्यवसाय गरेर बस्ने तुर्माखाँद १ रहफका अर्का दिनेश कामी बताउँछन् । हामी परदेश नगएर पनि नहुने परदेशको कमाइले पनि पुग्दैन,’उनले भने, ‘संस्था र पालिकाले बाख्रा बितरण गर्छ भन्ने सुनेर घरदेशमै परिवारसँग बसेर बाख्रापालन गर्ने योजना बनाएको छु ।’
सोसेकले बाख्रा सहयोग गरेपछि आर्थिक अवस्था कमजोर भएकाहरु गाउँमै परिवारसँग बसेर बाख्रा पाल्ने सोच बनाएका छन् । बाख्रा सहयोगले हिउँद वर्खा नै परदेश हानिने यहाँका युवा र पाका पुरुषका लागि परदेश जान रोकिने आशा भएको दिनेश बताउँछन् । ‘परिवार पाल्न मुम्बई जाने सोच थिएँ । बाख्रा पाएपछि गाउँमै रोकियौं । अब मजदुरी नगरी बाख्राबाट घर खर्च चलाउनेछौं,’ उनले भने ।
बाख्रा पाएपछि उत्साहित महिला
बाख्रा पाएपछि यहाँका महिलाहरु उत्साहित भएका छन् । परिवारको पालनपोषणका लागि श्रीमानलाई परदेश पठाएकी बुद्धि सुनारले बाख्रा पाएपछि बाख्रापालनबाट मनग्य आम्दानी गर्ने सोच बनाएको बताउँछिन् । ‘हाम्रो त बम्बै नगई पेटमा चारो पर्दैन,’उनी भन्छिन्, ‘बाख्रा पाएपछि अत्यन्त खुशी छु । सोसेकले दिएको बाख्रा सहयोगले बाख्रा पाल्दै बाख्रा थप्दै अघि बढ्ने र अब गाउँमै बसेर बाख्रा पाल्नेछौं ।’ उनको अनुहारको हावभावले भने परदेश गएका श्रीमानको पीडाले उनलाई अझै घोचिरहेको देखाउथ्यो ।
जीवनयापनमा सहजता ल्याउने विश्वास
ग्रामिण समुदायमा महिला सामाजिक काममा बढी देखिन्छन तर, यो उनीहरूको स्वेच्छाले होइन, बाध्यताले हो । बुद्धि सुनारजस्तै महिलाहरू, जसका श्रीमानहरू बम्बईमा मजदुरी गर्छन, बाख्रा पाएसँगै आफ्ना पीडासँग लड्दै बाख्रापालनबाट केही गर्ने नयाँ आशा बोकेका छन् ।
सोसेक नेपालद्वारा संचालित ग्रीन कर्णाली परियोजनाले जीविकोपार्जनमा सहजता ल्याउनका लागि बाख्रा पालन कार्यक्रम सुरु गरेको जनाएको छ । सोही अनुसार ३० जना कृषक परिवारलाई चार–चारवटाका दरले एकसय २० वटा बाख्रा बितरण गरेको छ ।
विपन्न वर्गलाई लक्षित गर्दै जीविकोपार्जनमा सहजता ल्याउने उद्वेश्यले बाख्रा बितरण गरिएको ग्रीन कर्णाली परियोजना संयोेजक पुष्कर शर्माले बताए । यो कार्यक्रम विपन्न वर्गलाई लक्षित गरिएको छ,’उनले भने, ‘खोर निर्माणका लागि पनि सहयोग गरिएको छ । यसले उनीहरूको जीवनस्तरमा दीर्घकालीन सुधार ल्याउनेछ ।’
नागरिक स्तरबाट माग भई आएकोले र विपन्न गरिव वर्ग समेटिएकोले यो कार्यक्रम उहाँहरुको जीवनस्तरमा सुधार ल्याउने विश्वास रहेको शर्मा बताउँछन् । यो कार्यक्रम पालिका सरकार र वडासरकारको हो,हामी त सहयोगी बनेर मात्र आएका हौं,’परियोजना संयोजक शर्माले भने, ‘तपाईँहरुले वाख्रापालनलाई व्यवसाय गर्नुभयो भने अवश्य नै जीवनयापनमा पहिलाको भन्दा फरक भएर जीवनयापनमा सहजता ल्याउने विश्वास छ ।’
तुर्माखाँद गाउँपालिका वडा नम्बर १ को जनसंख्या हाल ४ हजार ९ सय रहेको छ । वडा नम्ब्र १ बासीका लागि वडाले पूर्ण सहयोग गर्ने वडा नम्बर १ का वडा अध्यक्ष उपेन्द्र रावल बताउँछन् । ‘यो कुनै संस्थाको मात्र होइन, पालिकाको मुख्य प्राथमिकता हो। हामीले आवश्यक सहयोग गर्नेछौं’, उनले भने ।