ललितपुर, ६ जेठ । गुल्मीको पूर्तिघाट माविका शिक्षक तकबहादुर सुप्राईका छोरा जीवनको गत वैशाख १८ मा बिहेभोज थियो । डेढ वर्षअघि बिहे भए पनि मगर परम्पराअनुसार ढोगभेट अहिले फुकाएकाले कालीगण्डकी–५ लम्करास्थित घरमै भोज गरिएको थियो । त्यसको चार दिनपछि ५१ वर्षीय तकबहादुरलाई रुघाखोकी र ज्वरो आयो ।
अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना ‘पोजिटिभ’ देखियो । केही दिनअघि गाउँकै ५७ वर्षीया महिलाको पनि संक्रमणलेगत आइतबार लम्कराका ९१ जनाको स्वाब परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भ ज्यान लियो । त्यसपछि यो । लम्करामा ६४ घरधुरी छन्। गाउँमा अहिले रुघाखोकी र ज्वरोका बिरामी नभएको घर छैन । ‘घरमै बसिरहेका सबै ७७ संक्रमितको स्वास्थ्य सामान्य छ,’ फोक्सिङ स्वास्थ्यचौकी प्रमुख दलबहादुर थापाले भने, ‘अहिले सिटामोलको अभाव छ ।’
यातायातको सहज पहुँच नभएको यो गाउँमा औषधि मात्र होइन नुन र अन्य खाद्यान्नसमेतको अभाव रहेको बताउँछन् वडाध्यक्ष थम्मनसिंह आले । ‘अहिले खाद्यान्न र औषधि जुटाउने प्रयास भइरहेको छ,’ उनले भने । संक्रमण फैलिएपछि गाउँमा आउजाउ बन्द गरिएको छ । संक्रमितको उपचार र लक्षण देखिएका अन्य शंकास्पद व्यक्तिको पीसीआर परीक्षणमा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष देवबहादुर थापाले बताए ।
अर्घाखाँचीका प्रायः गाउँमा पनि अवस्था उस्तै छ । पाणिनि–४ का इन्द्रमणि घिमिरेको परिवार एक सातादेखि ज्वरोले थलिएको छ । स्थानीय मैदान स्वास्थ्यचौकीबाट औषधि ल्याएर खाए पनि पीसीआर परीक्षण गराएका छैनन् । ‘ज्वरो र रुघाखोकी छ, शरीर पनि दुख्छ,’ उनले भने, ‘अस्पतालमा सोध्दा बेड छैन भन्छन् । त्यहाँ गएर के गर्नु ? यहाँ त आफ्नै घरमा बस्न पाइएको छ, भनेको बेलामा खान पाइएको छ ।’ मैदान स्वास्थ्यचौकी प्रमुख जगदीश घिमिरेले घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी रहेको बताए । ‘परीक्षण गर्न किट अभाव छ,’ उनले भने, ‘अलि बढी लक्षण देखिएकाको पीसीआर परीक्षण हुन्छ । लक्षण देखिएका सबैको परीक्षण गर्ने हो भने धेरैलाई पोजिटिभ देखिन्छ । तर सबैको गर्न सकिएको छैन ।’
त्यस्तै अर्घाखाची मालारानी–३ का लीलामणि पोखरेल १० दिनदेखि घरमै स्वास्थ्यकर्मीले दिएको औषधि र जडीबुटी खाएर बसेका छन् । ‘ज्वरो र रुघाखोकी पहिला पनि आउँथ्यो तर यति सकस हुन्थेन,’ उनले भने, ‘पीसीआर गरेको छैन, सामान्य छु । दुखाइ बढेमा अस्पताल जानुपर्ला ।’ मालारानी–४ की ५८ वर्षीया महिलालाई ज्वरो र रुघाखोकीले च्यापेपछि अर्घाखाँची अस्पताल लगियो । भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं लगियो । तर अस्पताल पु¥याएको एक घण्टामै उनको निधन भयो ।
संक्रमणको डर र अस्पतालमा बेड नपाएर समयमै उपचार गर्न लैजान नसकिएको उनको परिवारले जनाएको छ । ठूलापोखरा स्वास्थ्यचौकी इन्चार्ज विश्वदेव न्यौपानेले दैनिक २० जना ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको बताए । ‘कतिपयलाई घरमै गएर जाँच गर्ने र औषधि दिने गर्छौं,’ उनले भने, ‘ठूलापोखरामा घर–घरमा बिरामी छन् । सबैका घरमा पुग्न सम्भव छैन, यहाँ स्वास्थ्यचौकीमा आएका बिरामीलाई पनि हेर्नुप¥यो ।’ यस्ता बिरामीको पीसीआर परीक्षण गरिए ८० प्रतिशतमा संक्रमण पुष्टि हुने उनको दाबी छ ।