ललितपुर, ०४ असोज । दिनप्रतिदिन काठमाडौं उपत्यकामा कोरोनाभाईरस संक्रमणको दर बढिरहेको छ । आज काडमाडौं उपत्यकामा एकैदिनमा ७६७ जना संक्रमित फेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी काठमाडौंमा २३० जना महिला र ३७२ जना पुरुष गरी ६०२ जना ललितपुरमा ३४ जना महिला ३० जना पुरुष गरी ६४ जना र भक्तपुरमा ४१ महिला र ६० पुरुष गरी १०१ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म काठमाडौमा १२,९३१ जना, ललितपुरमा १,४९० जना र भक्तपुरमा १,३७३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी २४ घण्टामा ९६६ जना निको भएर डिस्चार्ज भएका छन् ।
त्यसैगरी आज सोमबार अपराह्णसम्म २४ घण्टामा नेपालमा थप २०२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ७ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६१,५९३ पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ३९० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ४३,८२० जना निको भएका छन्।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६४,१२२ पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित ४११ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म ४६,२३३ जना निको भएका छन्।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ । सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या अधिक छ । काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् ।
सक्रिय सङ्क्रमितको सङ्ख्या १७,४७८ जना रहेको छ । अन्यत्रभन्दा उपत्यकामा नै सक्रिय सङ्क्रमितको संख्या बढी छ । विगत २४ चौबीस घण्टामा अवधिमा ९६६ जना सङ्क्रमित रोगमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म झन्डै ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका सरकारी तथ्याङ्क छ ।
र याे पनि हेराै