काठमाडौँ । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र रिमवर्कबीच व्यवसाकिय सम्झौता भएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित रिमवर्कबीच व्यवसायिक सहकार्यको सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। एक विशेष कार्यक्रमका बीच गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल धरेल तथा रिमवर्कका हेड अफ डिपार्टमेन्ट दिव्या खतिवडाले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार, रिमवर्कका कर्मचारी तथा ग्राहकहरूले गुरु ट्राभल्स लिमिटेडमार्फत विभिन्न ट्राभल प्याकेजहरूमा विशेष छुट तथा अन्य आकर्षक सुविधाहरू प्राप्त गर्ने बताइएको छ । साथै, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले रेम डट वर्कमार्फत प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष अफर तथा सुविधाहरू प्राप्त गर्नेछन्।
कार्यक्रममा रेम डट वर्कका हेड अफ डिपार्टमेन्ट दिव्या खतिवडाले यो सहकार्यमार्फत ग्राहकहरूलाई अझ स्तरीय सेवा उपलब्ध गराउने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। उनले गुरु ट्राभल्स लिमिटेडसँगको सहकार्यले ग्राहकहरूलाई थप सहज र सुविधाजनक सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल धरेलले सम्झौताको महत्व उजागर गर्दै यसले ग्राहकहरूको यात्रा अनुभवलाई नयाँ उचाइमा पुर्याउने बताए। उनले दुवै कम्पनीले संयुक्त रूपमा सेवा विस्तार गर्दै आगामी दिनहरूमा थप सुविधाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।
उक्त सम्झौताको मूल उद्देश्य दुई प्रतिष्ठित संस्थाबीचको व्यावसायिक सहकार्यलाई मजबुत पार्दै ग्राहकहरूलाई उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गर्नु हो। निकट भविष्यमा सेवा विस्तार गर्दै अझ प्रभावकारी सुविधाहरू उपलब्ध गराउने योजना दुवै संस्थाले बनाएका छन्।