हिजो बेलकी अर्थात बुधबार, अकास्मात एउटा कल आउँछ, ‘हेलो, नमस्कार, बिमल सर बोल्नु भयो, मैले हो भने, अनि म मोटरसाइकल चलाउँदै गरेकोले वार्तालाई छोटो बनाउन एवम रितले कहाँबाट को बोल्नुभयो भन्ने प्रश्न हठात नै राखे, उत्तर आयो, माननीय तोषिमा कार्कीको सचिवालयबाट हो, भोलि बिहान १०ः०० सचिवालयमा माननीय ज्यूले भेट्न खोज्नुभएको छ, भन्ने उत्तर आयो, अनि मलाई “मेलमा डिटेल्स” पठाइदिन अनुरोध गरेर वार्ता सक्काए ।’
स्वभाविक रुपमा म निमन्त्रणालाई स्वीकार गर्छु, सोही अनुरुप मिडिया जर्नलका सहकर्मी रिपोर्टर जीतेन्द्र थापा सम्बन्धीत स्थानमा समयमै पुग्यौँ । उहाँसँग मेरो औपचारिक प्रथम भेट थियो, उपस्थित सबैजना शिष्टाचार भेटघाटपछि, घाम प्यारो भएकालाई घाममा र गर्मी आभास भएकाहरु ओझेल बस्यौँ । कार्यक्रम अनौपचारिक बैठक रहेछ, त्यसलाई सुरुवात गर्दै एउटा सहभागीले आफ्नो परिचय दिइन, उनको परिचय सुनिसक्दा म केही बर्षअघि युएनको “न्यायमा पहुँच” परियोजनाका लागि वृत्तचित्र कर्णाली निर्माणमा जाँदा सुर्खेतमा कानुन विषयमा स्नाताक अध्ययन गर्दै गरेकी ती युवती हाम्रा लागि स्थानीय सहजकर्ता भएको ज्ञात भयो । उनी त्यतिखेर अभियन्ताका रुपमा सुर्खेतका सडकमा यत्रतत्र कुदेको देखेका यी आँखा त्यहाँ युवा माननीयसँग देख्दा, “दिस इज दि प्रोसेस” भन्ने ख्याल दिमाग आयो ।
ललितपुर क्षेत्र नं. ३ को सांसद माननीय डा. तोषिमा कार्कीको कार्यक्रममा ललितपुरकै सञ्चारकर्मीहरु हुनु स्वभाविक थियो र भयो पनि त्यस्तै । उनले आफ्नो दुई वर्षे अनुभवको साङ्गोपाङ्गो अनुभवका अध्याय पल्टाउँदै भनिन्, 'नेपालमा विद्यमान निति नियमको खाडल पुर्न हिँडेको हामी सडकका खाल्डाखुल्डी पुर्न, पुराउन, कसले पुर्ने त्यो तय गर्न मै रनभुल्ल छौँ ।' शक्ति विकेन्द्रीकरणको शिद्धान्तअनुरुप तय गरिएको तीन तहको सरकारको स्वायत्तताले समन्वयमा अग्लो पर्खाल भएको आशय उनको भनाइमा थियो ।
राजनैतिक शिद्धान्तलाई सहिद र पुराना नेताको तस्वीरलाई ठेक्का लगाएको नेपाली राजनीतिक आकाशमा नीतिसंगत व्यवहार पाउँदनौं भन्ने हरेक नेपालीलाई यकिन छ । भुँचालो र कोरोना भाइरस (कोभिड -१९) कोभिडलाई बिसर्न नसकेको नेपालीमाझ, असोज १२ गतेको भारी वर्षातको त्यो दिन, नख्खुमै बसिरहँदा, जस्ताको छानोमा बसेर घण्टौँ गुहार मागेको अझै पनि ताजै छन् । तर, त्यो राज्यको कमजोरी लुकाउन उनीसँग शब्द थिएन, फलस्वरुप उनले त्यतिखेर आफु अर्काे क्षेत्रमा उद्धारको लागि भएको व्यथा सुनाइन । काम गर्ने हुटहुटी हुँदाहुँदै पनि आफू उभिएको जग, आफूले समातेको पथ जसले आफैँलाई त्यहाँ पु¥यायो कहिँकतै यो गिजलिएको राजनीतिले रोकिरहेको भान गराउनमा उद्धत थिइन उनी । राजनीति बहस गर्न जति सजिलो छ, त्यसलाई जीउन कतिसम्मको मूल्य चुकाउनुपर्छ त्यसको भान सायद हुँदैछ, उनलाई ।
तिखो, चर्काे स्वरका लालसी मतदाता थिएन त्यहाँ उपस्थित महानुभावहरु । त्यहाँ त्यस्ता भाषण, प्रतिबद्धता, प्रतिज्ञा अनेकन बार सुनेर आजित सञ्चारकर्मीहरु जो, के छ त नयाँ, केहुँदै छ, उपत्यकामै रहेको जिल्ला ललितपुर भए पनि, दोश्रो कर्णालीको उपमा पाएको यस जिल्लाका समस्याबारे, गरिमामय संसदमा कसले सम्बोधन गर्छ यहाँको समस्यालाई भन्ने अवोध प्रश्नको उत्तरको पर्खाइमा थिए । एकातिर अनुभवले खारिएका सञ्चारकर्मी अर्काेतर्फ उदेयमान युवा माननीय, त्यो संयोग, दुईतर्फी शालिनताले भरिपूर्ण पल जहाँ पारिलो घाममा सुन्तलाको मजा लिइरहेका थिए ।
केही सुन्न गएका र केही भन्न बसेका बीचको त्यो बसाईलाई बिट मार्दै गर्दा एउटा बालकले बालशुलभताका साथ अभिभावकको अभिभावकत्व खोजेको भान पाएँ मैले, सुभेच्छुकको साथ खोजेको देखे मैले ।
त्यो जिज्ञासुपन केही सिक्न, र त्यसलाई परिणामा बदल्न खोजेको ज्ञान पाएँ मैले,
भरखरकी जुझारु युवा माननीय डा. तोषिमा कार्कीमा गञ्जागोल राजनीतिलाई केहि हदसम्म सुधारेर गन्तव्यतर्फ लान सक्ने साहस देखे मैले ।
त्यो पनि जीम्मेवर पद माननीय पद, जहाँ हरेक कदमा साथ, सहयोग र समर्थनका आश पाए मैले ।
थप सामाग्री
https://youtu.be/LkwKWsV11cE?si=caNOATKwEiDIgwVe